Logo

नेपाली युवा टोली आज स्वदेश फर्किँदै



Spread the love

७ असोज, काठमाडाैं। जोर्डनमा भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलेको नेपाली युवा टोली आज स्वदेश फर्किंदैछ । च्याम्पियनसिपबाट बाहिरिएको नेपाली यू–१६ टोली बेलुका साढे ६ बजे काठमाडौं अवतरण गर्नेछ ।

नेपाली युवा टोलीले सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेन । नेपालले घरेलु टोली जोर्डनसँग ७–० को पराजय व्यहोरेको थियो भने ताजकिस्तानसँग पनि ७–० कै लजास्पद हार भोग्यो । कुवेतसँग १–१ को बराबरी खेलेको नेपालले अन्तिम खेलमा श्रीलंकामाथि ३–० को सान्त्वना जित हात पारेका थियो ।

प्रतिक्रिया दिनुहोस्