७ असोज, काठमाडाैं। कामका लागि मलेसिया जान नेपालीहरुलाई खुला हुन साथ त्यसको असर हवाई भाडामा परेको छ। करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सहरुले उडान कटौति गर्दै आएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा ह्वात्तै बढेको हो ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी गरेसंगै भाडा बढाएको छ। एक महिना अघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ हजार पुगेको हो। रोजगारी नियमित भएमा नयाँ एयरलाइन्स थपिएमा भाडा घट्नसक्ने छ।
प्रतिक्रिया दिनुहोस्