Logo

आईसीसीद्वारा काेहलीलाई चेतावनी



Spread the love

७ असोज, काठमाडाैं। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चेतावनी दिएको छ । आईसीसीले दक्षिण अफ्रिकाविरुद्धको खेलमा हेन्डरिक्ससँग जानीजानी ठोकिएको भन्दै उनलाई तेस्रो डि- मेरिट दिएको छ ।

तेस्रो टी–२० खेलका दौरान रन लिने क्रममा कोहली हेन्डरिक्ससँग ठोकिएका थिए । पछि रिप्लेमा हेर्दा उनी जानीजानी ठोक्किएको देखिएको थियो । आईसीसीले कोहलीलाई अहिलेसम्म तीन डि–मेरिट प्वाइट दिएको छ । अब १५ जनवरी २०२० सम्म एक डिमेरिट प्वाइन्ट थपिए प्रतिबन्ध लाग्नेछ ।

दुई वर्षको अवधिमा चार डि मेरिट प्वाइन्ट पाउने खेलाडी निलम्बनमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्