Logo

भारतीय नाकाबन्दीको चौथौँ वर्षको अवसरमा पुल्चोकका विद्यार्थीहरूले गरे खबरदारी कार्यक्रम



Spread the love

६ असोज, काठमाडौँ । भारतीय नाकाबन्दीको चौथौँ वर्षको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसले आज विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ | चार वर्ष अगाडी आजकै दिनदेखि भारतले नेपालमाथि नाकाबन्दीको गरेको थियो |

स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा पुल्चोक क्याम्पसका विद्यार्थीहरू प्लेकार्ड सहित मौन प्रदर्शनी गर्दै पुल्चोकको मुख्य सडकमा करिब आधा घण्टा विरोध तथा खबरदारी प्रदर्शन गरेका छन् |

विद्यार्थीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘स्वाधीन राष्ट्र निर्माणको यात्रा सुरु गरौँ’, र ‘नाकाबन्दी बिर्सिनु हुँदैन’ भन्ने नारा सहित पुल्चोकको सडकमा विरोध प्रदर्शन गरेका थिए |

प्रतिक्रिया दिनुहोस्