अन्य जनावरको तुलनामा कुकुर एकदमै बफादार जनावर भएकाले अधिकांश मानिसहरूले कुकुर आफ्नो घरमा पाल्ने गर्दछन् l कुकुर स्तनधारी जनावर हो, र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । सिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा पनि केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् । कुकुर पाल्ने व्यक्तिहरू सधैँ ऊर्जाले भरपूर देखिनका साथ साथै तनावमुक्त र हँसिलो स्वभावको पनि देखिने गर्छ l जसले गर्दा अधिकांश मानिसहरूले कुकुर पाल्ने गर्छन् l
कुकुरको विशेषता :
कुकुर एक पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भन्नका साथै यसको अलग्गै किसिमको विशेषता छ । यो जसरी सुतेता पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । जसले गर्दा मानिसहरूलाई सतर्क रहन सुझाव दिने गर्छ l मानिस पछिको चेतनशील प्राणी भनेकै कुकुर हो । जसलाई पाल्नुका लागि अधिकांश मानिसहरू रुचाउने गर्छन् l
कुकुर पाल्नुका फाइदा :
यदि तपाईँले कुकुर पाल्नु भएको छ, भने बिहान सबेरै उठी यसलाई घुमाउन कतै बाहिर लैजाउनु सक्नु हुनेछ l जसले गर्दा तपाइको मुड फ्रेश हुनका साथै शरीर पनि तन्दुरुस्त रहन पुग्छ l
जब तपाईँ आफ्नो घरमा कुकुर पाल्नु हुन्छ, तब तपाइको घर पनि सफा रहन्छ l किनकि कुकुरको शरीरबाट झर्ने रौंलाई हटाउनका लागि तपाईँले दिनहुँ घरको सफाइ गर्नु आवश्यक छ l जसले गर्दा तपाइको घर सफा हुने गर्छ l
एक अध्ययन अनुसार, यदि तपाईँ आफ्नो घरमा कुकुर पाल्नु हुन्छ भने यसले क्यान्सरसमेत रोगलाई पत्ता लगाउन सक्दछ l जसले गर्दा तपाईँ सतर्क रहन सक्नु हुनेछ l
कुकुरसँग एक प्रकारको सुँघ्न सक्ने शक्ति हुन्छ l जसले गर्दा हराएको समान पनि सजिलैसँग प्राप्त गर्न सकिन्छ l त्यसैले अधिकांश जसो मानिसहरू कुकुर पाल्ने गर्छन् l
यदि तपाईँ आफ्नो घरमा कुकुर पाल्नु हुन्छ भने यसले तपाइको घरलाई सुरक्षित राख्नका साथै कुनै पनि चोर वा बदमास व्यक्तिलाई समात्नका लागि पनि ठुलो मदत गर्ने गर्छ l त्यसैले आफ्नो घरमा कुकुर पाल्नु फाइदाजनक हुन्छ l