Logo

जहाँ विश्वकै लामो आयु भएका मानिसहरू बसोबास गर्दछन् !



Spread the love

एजेन्सी । एक व्यक्ति सरदार कति बाच्न सक्ला ?  विश्वव्यापी एक अवधारणाका अनुसार मानिस ७०-७५ वर्ष बाच्न सक्छ । १०० वर्ष बाच्ने मानिसको संख्या दिनानुदिन घट्दो छ । खानपिन, हिडडुल, अल्छ्याई, प्रविधि जस्ता विभिन्न कारणहरूले मानिसको उमेर कम भइरेहको छ । एक रिसर्चका अनुसार एक अमेरिकी नागरिक सरदार ७८.७ वर्ष बाच्ने गर्दछन् ।

दक्षिण एसियाली मूलकै कुरा गर्ने हो भने पनि श्रीलंकाका नागरिकहरू सरदार आयू ७६ वर्ष रहेको छ । भुटानीहरू ६९, भारतीयहरू ६६ र अफगानीहरूको सरदार आयू ५६ वर्षको रहेको छ। यता हामी नेपालीको सरदार आयू भएन ७१ वर्ष  रहेको छ ।

के कारणले मानिस चाडै मनपर्छ ? या के कारणले लामो समयसम्म बाचीरहन्छ ? यसबारेमा अनेकौ पटक अनेकौ व्यक्तिहरूले बहस गरिरहेका छन् ! यसै क्रममा एउटा चाखलाग्दो घटनाले विश्वको ध्यान खिँचेको छ ।

पुरुषको आयू ११० वर्ष र महिलाको १२० ?

पाकिस्तानको उत्तरी भेगमा(२५९० मिटर) पर्ने हुन्जा भ्यालीका मानिसहरूको सरदार आयू सय वर्ष भन्दा माथि रहने गरेको भेटिएको छ । जब कि देश(पाकिस्तान)को सरदार आयू ६६ वर्षको रहेको छ । त्यतिमात्रै होइन यस उपत्यकाका मानिसहरू संसारकै सुन्दर मानिसहरूको सूचीमा समेत सुचिकृत भएका छन् ।

पछिल्लो अध्ययनको अनुसार हुन्जा भ्यालीका पुरुषको आयू ११० वर्ष र महिलाको १२० वर्ष भन्दा माथि रहेको छ । हुन्जावासीले स्थानीय बुरुशास्की, वाखी र शिना जस्ता कठिन भाषा बोल्ने गर्दछन्।  प्राचिन मेसोडीयन काल र पर्सियन एम्पयारको प्रभाव हालसम्म पनि रहेकोले  उनीहरूको भाषा कठिन  भएको मानिएको छ ।  यस उपत्यकाको साक्षरता दर ७७ प्रतिशत भन्दा माथि रहेको छ । ८७ हजार जनसंख्या रहेको हुन्जा उपत्यका असाध्यै सुन्दर छ ।

Meet the Hunza People- the Healthiest people on Earthको लागि तस्बिर परिणाम

दुनियाँका सबै भन्दा सुन्दर महिलाहरुको बसोबास रहेको हुञ्जा उपत्यकाबारे चासो बढ्न थालेको छ । उनीहरुको सुन्दरताका कारण बासस्थान र खानपिनको शैली हो । अर्गानिक खाना खाने र हिमालबाट पग्लेको पानी पिउने गर्छन् । हिमनदीको पानी पिएकाले उनीहरुको मुहार हिउ जस्तै सफा छ ।

यहाँ ७०/८० वर्षको महिला सुत्केरी हुनु अनौठो या भयानक अवस्था होइन । यहाँका मानिसहरूले क्यान्सर, फोक्सो सम्बन्धि रोग जस्ता आधुनिक रोगहरूको कुनै डर छैन । उसो त प्राकृतिक रुपमा थोरै सावधानी नअपनाउँदा मुटु समबन्धि रोग तथा मधुमेहका केहि बिरामीहरू भने भेटिएका छ ।

शताब्दीयौं पुराना हुन्जावासी र अहिलेको उत्तरी पाकिस्तान निवासीहरूको बसोबास रहेको यस ऐतिहासिक क्षेत्रमा  जन-बसाई, द्वन्द्व र जनजाति र जातिहरूको पुनःस्थापना गरेको छ ।

हुन्जाहरूले आफूलाई अलेक्ज्याण्डर महानको सन्तान भएको दाबी गर्छन् । अलेक्ज्याण्डरले उक्त क्षेत्र कब्जा गर्दा तिनीहरू अस्तित्वमा आएका थिए । तिनीहरू त्यहाँ गाउँहरूमा बस्न थाले र एक–अर्कामा विवाह गरेका थिए । उक्त ठाउँको बाताबरण नै भिन्न किसिमको रहेको छ । हुन्जा चर्चामा आएको कारण त्यहाँको एक मानिस बेलायत जाँदा उनको पस्स्पोर्टमा जन्म दिन १८३२ रहेको कारण थियो । उमेरभन्दा ३० वर्ष कान्छा देखिएका थिए ती मानिस । यसले विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।

Meet the Hunza People- the Healthiest people on Earthको लागि तस्बिर परिणाम

“जीवनयापन गर्न धेरै सजिलो छ । हिजो गइसक्यो । भोली आउँदैछ। बाँकी रह्यो आज । आज नरमाए कहिले रमाउने ?” हुन्जावासीहरू पर्यटकहरूलाई यसो भन्दै मिठो आतिथ्य पस्कने गर्दछन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्