Logo

कसरी राख्ने सेतो कपडाको रंगलाई कायमै?



Spread the love

हुन त अधिकांश मानिसहरूलाई सेतो कपडा लगाउन मनपर्छ l जसलाई लगाउँदा फ्रेश देखिनका साथ साथै कुल पनि देखिने गर्छ l तर सेतो कपडा लगाउँदा जत्ति नै सजिलो वा कुल देखिएता पनि यसलाई सम्हाल्न भने विल्कुलै सजिलो छैन l यदि हामीले लापरवाही ढङ्गले सेतो कपडा लगाउने बानी गरौँ भने सेतो कपडा सेतो रहदैन् र यो रंगीचंगी कपडामा परिवर्तन हुन् सक्छ l त्यसैले सेतो कपडालाई सेतै रङ्गमा कायम राख्न जरुरी छ l जसका लागी अपनाउने गर्नुपर्छ यी उपाय l

कागतीको रस :
यदि तपाईँ स्वयंले लगाएको सेतो कपडालाई सेतै राख्न चाहनुहुन्छ भने कागतीको रस मिसाएर सेतो कपडा धुने गर्नुहोस् । जसले गर्दा तपाइको कपडाको रङ्ग कायम नै रहन्छ l

तातो पानी :
कुनै कपडाको मेटेरियलले तातो पानीलाई सहन सक्छ भने त्यसलाई सोही पानी भिजाउनु पर्छ । त्यसो गर्दा कपडामा लागेको दाग सजिलैसँग जान सक्छ l

भेनेगर :
कपडा पखालेको अन्तिम चरणको पानीमा केही थोपा भेनेगर हाल्नु पर्छ । जसले गर्दा कपडाको दाग हट्नका साथ साथै भिनेगर गन्ध कपडा सुकेपछि आफै हटेर जान्छ ।

सेतो कपडालाई घाममा कम राख्ने :
झुक्किएर पनि सेतो रंगका कपडालाई धेरै समय घाममा सुकाउनु हुँदैन । किनकि सेतो कपडालाई बढी घाममा सुकाउँदा घामले कपडाको रङ्ग सोस्छ र कपडा खुइलाई दिन्छ ।

सेतो र रंगिन कपडालाई एकसाथ नधुने :
यदि तपाईँ कपडा धुँदै हुनुहुन्छ भने सेतो कपडालाई मात्र जम्मा गरेर पहिला धुनुहोस् । सेतो कपडा अन्य रंगिन कपडासँग मिसाएर धुनाले रंगिन कपडाको रङ्ग निस्किएर सेतो कपडामा लाग्ने सम्भावना हुन्छ । जसले तपाइको सेतो कपडाको रंगलाई रंगिन बनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्