चाणक्य वा कौटिल्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए।
उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। चाणक्यको रीति-नीति र धर्म सम्बन्धी व्याख्या यति गहिरो र अचुक छ कि, जसले हर-कोहीलाई जीवन जिउने सही बाटो देखाइदिन्छ ।
खराब मित्र
जो मित्र आफ्नो अगाडि मिठो कुरा गर्छ तर पछाडि भने कुरा काट्न थाल्छ, त्यस्तो मित्रलाई तुरुन्तै त्याग्नुपर्छ ।
कमजोर चरित्रका साथी
आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन ।
बर्तमानलाई श्रेष्ठ बनाउनुहोस्
चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै आवश्यक छैन । यदि बितेका दिनहरुमा कुनै गल्ती भए त्यसबाट पाठ सिकेर वर्तमानलाई श्रेष्ठ बनाउने कोसिस गर्नुपर्छ ।
त्यो धनमा लोभ नगरौं
जुन धन असाध्यै कठिनतासाथ् प्राप्त हुन्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा कुनै मोह गर्नुहुँदैन ।
यदि कुनै काम आरम्भ गर्ने हो भने
यदि कुनै काम आरम्भ गर्ने हो भने तीन वटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा, तिमी के गर्न चाहन्छौं ? त्यस कामको नतिजा के हुनसक्छ ? के यसबाट तपाईंलाई सफलता मिल्छ ?
सजग हुनु
सर्प यदि विषालु छैन भने पनि त्यसले डर देखाउँछ । यद्यपि कसैले आफुलाई कमजोर सम्झेर आफुमाथि हावी हुने कोशिश गरेमा उसलाई महसुष गराउनुपर्छ कि, म कमजोर छैन ।