विकास अर्याल ,भदौ ११, काठमाडौं – सल्लेरी खबर
निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै सामाजिक संजालमा रामकृष्ण ढकाललाई गालीको बर्षा भएको थियो । तर त्यस्को लगत्तै सामजिक सन्जालहरुमा धेरैले रामकृष्ण ढकालको को प्रशन्सा समेत गरेका छन । धेरैले उनले भनेको कुरा सही भएको र उनि आफुलाई लागेको कुरा व्यक्त गर्न पाउनु ठुलो कुरा नभएको बताएका छन । जसले पनि आफ्नो मनमा लागेको आफ्नो बिचार भन्न जसले पनि पाउनु पर्छ भन्ने उनिहरुको बुझाइ छ । मनको कुरा भन्न पाउनु पर्छ तर रामकृष्ण ढकालले मन को कुरा गर्दा जातिय मुद्दामा मुछिएको र उनलाई नराम्रो बनाईएको धेरैको गुनासो छ ।
फेसबुकमा गणेश तिमील्सिना भन्छन :
“रामकृष्ण ढकाल पनि नेपालि ताराको जज भएका थिए, उनि नेपालि संगितका धरोहर हुन । कोसले कस्त्तो गाउँछ भनेर बाहिरबाट सबैले नियालेका छन। राम्रोलाई राम्रो भन्न सक्नु पर्छ। जज गर्ने आधार धेरै हुन्छन्, तिनै आधारमा राम्रो, न राम्रो छुट्याएका हुन। Lyrics बिगारेर गित गाउनेलाई राम्रो भनेनन्,अनि दुनियाको टाउको दुख्यो याहाँ । अन्धो भक्त भएर काम छैन, राम्रोलाई सबैले स्विकार्न सक्नु पर्छ ।
समाजिक सन्जालहरुमा नेपालीहरु अबुझ रहेका र मुल्यान्कन गर्न नसक्ने भएकाले भेडा को सङ्या पाएका छन ।
हेर्नुहोस सामाजिक सन्जालहरुमा भेटिएका प्रतिकृयाहरु ।