Logo

किन देखिन्छ, डर लाग्दा सपना? जान्नुहोस् कारण !



Spread the love

अधिकांश मानिसहरूका लागि प्रिय चिज भनेकै निन्द्रा हो l जसले मानिसहरूको थकाई मेटाउनका साथसाथै आराम पनि प्रदान गर्दछ l जब मानिस गहिरो निन्द्रामा सुत्ने गर्छन् तब कहिले काहीँ डर लाग्दो सपना देखिन्छ l जुन कुरा सामान्य नै हो l तर यदी तपाईले बराम्बरता सोहि डर लाग्दो सपना देख्नु हुन्छ भने त्यसलाई सामान्य मान्नु हुदैन् l किनकी यसको लक्षण मानसिक रोग पनि हुन् सक्छ l त्यसै आउनुहोस चर्चा गरौं आखिर किन देखिने गर्छ त डर लाग्दो सपना?

अनिन्द्रा :
यदी तपाई बढी जसो अनिन्द्रा नै बस्नु हुन्छ भने पनि सुत्ने क्रममा तपाईले डर लाग्दो सपना देख्नु हुनेछ l त्यसैले सकेसम्म आफ्नो निन्द्रा पुर्याउने बानी बसाल्नुहोस् l

जीवनमा घटेका गम्भीर घटना :
यदी तपाइको जीवनमा केहि गम्भीर घटनाहरू घटेका छन् भने पनि नियमित जसो डर लाग्दो सपना देखिने गर्छ l कुनै कारणले गर्दा तनाव वा डिप्रेसनमा भएको अवस्थामा पनि नियमित रूपमा यस्तो सपना देखिने गर्छ l

नशालु पदार्थ :
कुनै व्यक्ति नशालु पदार्थको शिकार छन् भने त्यस्ता व्यक्तिले दिनहु जसो डर लाग्दो सपनाहरू देख्ने गर्छन् l त्यसैले नशालु पदार्थको सेवनबाट टाढा नै बस्नु उचित रहन्छ l

नियमित हरर फिल्म हेर्नु :
यदी तपाई दिनहु जसो हरर फिल्म हेर्ने वा डर लाग्दा कथा सुन्ने गर्नु हुन्छ भने पनि तपाईले नियमित रूपमा डर लाग्दो सपनाहरू देख्नु हुनेछ l त्यसैले नियमित जसो डर लाग्दा फिल्म हेर्ने वा कथा सुन्ने जस्ता कार्य गर्नु हुदैन् l

प्रतिक्रिया दिनुहोस्