कास्की/गोरखा – विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ ।
बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।
कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ ।
त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।
-खबर आजको पत्रपत्रिकाबाट लिइएको
प्रतिक्रिया दिनुहोस्