Logo

कस्तो रहला आइतबारको माैसम ?



Spread the love

२९ भाद्र, काठमाडाैँ – आज देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पश्चिमी भु–भागका साथै मध्य र पूर्वी भू भागका थोरै स्थानमा अपरान्ह पश्चात वा साँझतिर मेघ गर्जन सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातिको समयमा देशका पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु–भागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्