Logo

नारीवादी आन्दोलनमा काठमाडौंको डम्फू



Spread the love

नारीवादी आन्दोलनमा काठमाडौँको डम्फू

बिसौँ शताब्दीमा पश्चिमा मुलुकहरूबाट शुरु भएको भनिएको नारी स्वतन्त्रताको आन्दोलनले निकै लामो समय भोगिसक्यो र निकै चरणहरू पार गरिसक्यो। यसबिचमा धेरै वटा साना-ठुला क्रान्तिहरू विश्व भरी भए। यति लामो समय गुजारिसक्दा पनि यो आन्दोलनले ठोस पूर्णता (सफलता?) पाउन सकेको भने छैन। पुरुष र नारी बिच कुनै पनि कुरामा विभेद हुनुहुँदैन भन्ने मुद्दा अझै उस्तै छ । भलै प्राप्त केही उपलब्धिहरूलाई सफलता मान्नुपर्ने स्थितिमा यो आन्दोलन छ। यद्यपि यो आन्दोलन जारी छ। विश्वभर नै फैलिएको यस आन्दोलनबाट नेपाल अछुतो रहने कुरै भएन।

नारी स्वतन्त्रताको आन्दोलन जसलाई पछि नारीवाद भनियो, यो मूलत: राजनैतिक मुद्दा हो। सामाजिक रूपमा महिलाहरूमाथि विभेद देखिने भएकाले यो मुद्दा सामाजिक मुद्दा जस्तो देखिएता पनि यसको जग पुरुषवादी राजनैतिक चरित्र र शासनसत्ता नै हो। शासनसत्तामा लामो समयदेखि पुरुषहरूकै बोलवाला भएको हुनाले पनि सरकारमा पितृसत्तात्मक मनोदशाको छायाँ सल्बलाईरहेको देख्न सकिन्छ । जसले महिलाहरूलाई समान अवसर र पहुँचको हकदार कहिल्यै देखेन।

काठमाडौँ आफूलाई नारी स्वतन्त्रताको वकालत कर्ता र एक मात्र हर्ताकर्ता हुँ भनेर घमण्ड गर्छ। नेपालमा नारीवादी आन्दोलनको नेतृत्वकर्ता भन्ने काठमाडौँको आफ्नो चरित्र भने कस्तो छ त? नेपालको सन्दर्भमा काठमाडौँ यो आन्दोलनको नाइके हो होइन? यो आलेख यसै विषयमा केन्द्रित छ।


जब विभेद राज्यबाटै हुन्छ, त्यो मुद्दा स्वतः: राजनैतिक मुद्दा हुनजान्छ। नेपाली राजनीतिको केन्द्रबिन्दु भएको कारण काठमाडौँ यस्ता मुद्दामा बढी संलग्न देखिने नै भयो। अझ सङ्घीयता आउनुभन्दा पहिले राज्यसत्ताको नजरमा काठमाडौँ नेपालको राजधानी मात्र थिएन बरु काठमाडौँ नै पुरै नेपाल हो भन्ने मानसिकता थियो, विदेशीले नेपाल भनेपछि काठमाडौंमात्र चिनेझैँ। त्यसैले पनि नारी स्वतन्त्रताको स्वर काठमाडौँ वरपर मात्र गुञ्जिरह्यो। काठमाडौँ आफूलाई नारी स्वतन्त्रताको वकालत कर्ता र एक मात्र हर्ताकर्ता हुँ भनेर घमण्ड गर्छ। नेपालमा नारीवादी आन्दोलनको नेतृत्वकर्ता भन्ने काठमाडौँको आफ्नो चरित्र भने कस्तो छ त? नेपालको सन्दर्भमा काठमाडौँ यो आन्दोलनको नाइके हो होइन? यो आलेख यसै विषयमा केन्द्रित छ।

विश्वमा नारी स्वतन्त्रताको आन्दोलनले तीनवटा चरणहरू पार गरिसकेको र अहिले यो आन्दोलनको चौथो चरणमा रहेको बताइन्छ। नारीवादी आन्दोलनको सुरुवाती चरणकै केही मुद्दाहरूमाथि काठमाडौँको अहिलेको अवस्था नै हेरौँ। महिलालाई पुरुष सरह ज्याला, यौन दुर्व्यवहार र घरेलु हिंसा प्रथम चरणका महत्त्वपूर्ण मुद्दा हुन् ।

(क) महिलालाई पुरुष सरह ज्याला

जसले जे भने पनि यो सहरका हरेकलाई थाहा छ, यहाँ महिला र पुरुषमा ज्याला वा तलबमा कति असमानता छ भन्ने कुरा। मैले चिनेको एक जना केटी साथीले पढाई सकाएका कारण पढाउने इच्छा जाहेर गरेकी थिइन्। एउटा विद्यालयमा गइन् पनि। तर, दिनभरि पढाएको जम्मा आठ हजार दिन्छु भनेछ। उनले हुँदैन भनेर हिँडिछन्। मलाई अचम्म लागेर मेरा अरू पढाउँदै गरेका केटा साथिहरूलाई ‘तलब कति छ हँ तिमीहरूको ?’ भनेर सोधेँ। उनीहरूले  तेह्र हजार देखी पन्ध्र हजारसम्मको बिचको भएको बताए। उनीहरूले पढाई रहेको विद्यालय र उनी गएकी विद्यालयको स्तर एउटै थियो। यो त सरासर आधा र दोब्बरको कुरा भयो। ती साथीहरूसँग यसबारेमा बुझ्दा उनीहरूले भने उनीहरूकै विद्यालयमा स्नातकोत्तर गरिसकेका शिक्षिकाहरूले पनि छ-सात हजारमै काम गर्दा रहेछन्। र ती विद्यालय सञ्चालकहरूको सोचाई के रहेछ भने माध्यमिक तहमा ‘केटी’हरुले पढाउन सक्दैनन्। त्यसैले विशेषगरि उनीहरू महिला शिक्षिका साना बच्चाहरूलाई पढाउनका लागी मात्र राख्दा रहेछन्। थोरै तलबमा काम गर्ने महिला जनशक्ति जति पनि पाइन्छ भन्ने मानसिकताका कारण पनि उनीहरू महिलालाई थोरै तलब दिन खोज्दा रहेछन्।

यो त तलबको कुरा भयो। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक महिलाहरूले पनि पुरुष श्रमिकको तुलनामा कम ज्याला पाउँदा रहेछन्। केही दिनअघि मात्र एउटा समाचार आएको थियो, रानीपोखरीको मर्मत गर्ने जुन काम भइरहेको छ सो काममा महिला श्रमिकहरूले पुरुष श्रमिकहरूका तुलनामा धेरै काम गर्छन् तर ज्याला भने पुरुष श्रमिकहरूले धेरै पाउँछन् भन्ने । सबैले पढ्नु भएकै होला।

आजभोलि हरेक जसो राष्ट्रिय पत्र-पत्रिका र शनिबारीय  परिशिष्टाङ्कहरुमा नछुट्ने स्तम्भ जस्तै भएको छ- यौन दुर्व्यवहारका संस्मरण र लेखहरू। र ती अधिकांश काठमाडौँमै भोगिएका विषयमाथि केन्द्रित हुन्छन्।


(ख) यौन दुर्व्यवहार

आजभोलि हरेक जसो राष्ट्रिय पत्र-पत्रिका र शनिबारीय  परिशिष्टाङ्कहरुमा नछुट्ने स्तम्भ जस्तै भएको छ- यौन दुर्व्यवहारका संस्मरण र लेखहरू। र ती अधिकांश काठमाडौँमै भोगिएका विषयमाथि केन्द्रित हुन्छन्। अझ आफूभन्दा वरिष्ठ, सहकर्मी र हाकिमहरूले गरेका दुर्व्यवहारका घटना नै धेरै छन्। सहरले महिलालाई सबैभन्दा बढी हेपेको छ। यसबारेमा मैले धेरै लेखिरहनुपर्ने जरुरत छैन। तपाईँहरूले महिलाहरूकै कलमबाट/आवाजबाट पढिरहनु भएकै/सुनिरहनु भएकै छ।

(ग) घरेलु हिंसा

घरेलु हिंसा जति सबै गाउँतिर मात्र हुन्छ,काठमाडौँमा त मानौँ घर नै छैन, घरमा जमानादेखि चलिआएको पितृसत्ता नै छैन जस्तो गर्छ – काठमाडौँ ।

एक महिना अगाडी जस्तो हुनुपर्छ, मसँगै पढ्ने एक जना साथीले भनिन्-“काठमाडौँ भनेर मात्र नहुँदो रहेछ, यहाँ पनि उस्तै नै रहेछ आफ्नी ‘स्वास्नी’लाई गरिने व्यवहार। पढेलेखेका, सहरमा बसेका मान्छे भनेर मात्र नहुँदो रहेछ, यिनीहरूको सोच पनि देखिहालियो।”

एकदमै रिसमा उनले मेरो अगाडी यसरी भनिन्, मानौँ म नै त्यो पुरुष हुँ अथवा म पुरुष भएकाले त्यो घटनाको नैतिक जिम्मेवारी मैले लिनुपर्छ। भएको के रहेछ भने, उनको टोलछिमेकमा बस्ने एक जना वकिल रहेछन् एउटा ठुलै ल-फर्म खोलेर कानुनी परामर्श दिने देखि मुद्दासम्म लड्ने खालका। घर झगडा चलेको बेलामा उनले आफूले लगाइराखेको पेटी झिकेर आफ्नी दुई महिनाकी सुत्केरी श्रीमतीलाई कुटेछन्। उनी आफैँ वकिल, न उनलाई पक्रन प्रहरी आयो न गाउँमा जस्तो सचेत गराउन आमा समूह। यो घटना गुपचुपमै सेलायो। उनकी श्रीमतीले अझै त्यो समस्या खेप्नुपरेको छ छैन कसलाई थाहा र?

यो त एउटा प्रतिनिधि घटना मात्रै हो। कसको घरमा के भइरहेको छ कसले सोधखोज गर्छ र ?-  वल्लो कोठा पल्लो कोठा नचिन्ने ठाउँमा। भर्खरै एक जना अमुक अभिनेत्रीले आफ्नो निर्माता पति माथि घरेलु हिंसाको आरोप लगाइन्। उनीहरूबिच जेसुकै भएको होस् तर एउटा सम्भ्रान्त र चिनिएको परिवारको यो एउटा घटनाले गर्भमै लुकाइएका सहरी घरेलु हिंसाको प्रतिनिधित्व गर्दैन र?

मैले यी यावत् कुराहरू काठमाडौँसँगै जोड्नुले गाउँमा यी घटना हुँदैनन् भन्न खोजेको हैन। तर देशकै राजधानी जस्तो ठाउँ र आफूलाई नारी स्वतन्त्रताको नायक भन्नेले आफ्नै आँखा अगाडिका मसिना स्वरहरूलाई बेवास्ता गर्नुहुन्न भन्ने हो। गाउँमा कम्तीमा आमा समूह त छ। सहरको नारी स्वतन्त्रताका लागी लडेका भन्नेहरूको हैसियत आमा समूह जति पनि देखिएन।

जब नारीहरूले शिक्षा पाए , जब ‘सिमोन दि बुवा’ हरुले नारीमाथिको विभेद विरुद्ध आफ्ना कृतिहरूमार्फत आवाज उठाए, तब मात्र महिलाहरूले आफूमाथिको विभेद थाहा पाए। शिक्षा पाएपछि, आफू पछाडि पारिएको रहेछु भन्ने थाहा पाएपछि मात्र नारीवादी आन्दोलनको जग बसेको हो। एउटा भनाई छ-“जसले हिँड्ने प्रयत्न गर्दैन, उसले आफ्ना पाउहरू बाँधिएका छन् भन्ने थाहै पाउँदैन।” यानिकी आफ्ना अधिकारहरूका बारेमा जान्न शिक्षा जती महत्त्वपूर्ण केही छैन। उसले तब मात्र आफूमाथिको विभेदका विरुद्ध बोल्छ, जब उसले यो विभेद हो भन्ने थाहा पाउँछ। हरेक दबिएकाहरूले विरोध गर्नका लागी पहिले उनीहरू शिक्षित हुन जरुरी हुन्छ।

एक जना मेरो ममिसमान उमेरकी महिला छिन्, काठमाडौँमै जन्मे हुर्केकी। उनको विवाह पनि यहीँ काठमाडौँमै भएको। उनी अक्षर चिन्दिनन्। उनले एक कक्षा पनि पढेकी छैनन्। जबकी मेरो ममिले काठमाडौँ बाहिरको पहाडी जिल्ला सिन्धुलीको पनि ग्रामीण इलाकामा बसेर दश कक्षासम्म पढ्नुभयो र विवाहपछि सदरमुकाममा घर भएकाले प्रवीणता प्रमाणपत्रको कक्षा लिन जानुहुन्थ्यो भनेर उहाँ सुनाउनुहुन्छ। घर व्यवहारको समस्याका कारण त्यहाँभन्दा माथि पढ्न जान पाउनु भएन र सो कुरामा अहिले पनि दु:ख मान्नुहुन्छ। ती आन्टी पुराना कुरा सुनाउनुहुन्छ कि कसरी आफ्नो घरपछाडिको त्यत्रो डाँडो घाँसदाउरा गर्न जानुहुन्थ्यो भनेर। मैले उहाँलाई- “काठमाडौँमा पनि त्यस्तो दु:ख गर्नु पर्थ्यो?” भनेर सोध्छु। उहाँ भन्नुहुन्छ- “अहिले पो पर्दैन त, पहिला त कति दु:ख थियो नि।अहिले त्यो सबै नगर्दा थाहा हुन्छ त्यति बेला पनि नगरेको भए पनि के चाहिँ फरक पर्ने रहेछ र। घर चल्ने नै रहेछ त ! सबैले जानुपर्छ भने, उनीहरू सँगै जान्थेँ ।”

राजनैतिक मुद्दालाई निकास दिनका लागी महिलाहरू नै राजनैतिक पदमा पुग्न जरुरी थियो। नेपाली राजनीतिमा केही महिलाहरू माथिल्ला तहमा नपुगेका पनि हैनन्। तर जति पनि आए तिनीहरू दीर्घकालसम्म उच्च पदमा रहन सकेनन् र चाँडै निवृत्त भए।


भनेपछि महिलाको अवस्था (सहरी इलाकाका केही धनिमानी महिलालाई छाडेर) काठमाडौँमा र बाहिर उस्तै त रहेछ। उहाँले बाँच्नुभएको परिवेश र मेरो ममिले भोग्नुभएको जिन्दगीका दु:ख लगभग उस्तै नै छन्। यत्ति फरक हो मेरो ममिले आफ्ना अधिकारका बारेमा थाहा पाउनुभयो, विभेद भएको थाहा पाउनुभयो। ती आन्टिले जिन्दगीभरि त्यो कुरा थाहा पाउनुभएन। उहाँले देख्नुभएको सीमित संसारमा सबै उहाँले जस्तै काम गरिरहन्छन् र जिउँदो रहने अभ्यास गर्छन्।

राजनैतिक मुद्दालाई निकास दिनका लागी महिलाहरू नै राजनैतिक पदमा पुग्न जरुरी थियो। नेपाली राजनीतिमा केही महिलाहरू माथिल्ला तहमा नपुगेका पनि हैनन्। तर जति पनि आए तिनीहरू दीर्घकालसम्म उच्च पदमा रहन सकेनन् र चाँडै निवृत्त भए। लामो कालसम्म राजसंस्थाकै हातमा शासनको बागडोर रहेको नेपालमा राजा राज्यका प्रमुख त हुन्थे तर रानीको हैसियत भने राजाको श्रीमती भन्दा कत्ती माथि उठेन। इतिहासमा नायवी चलाउने रानी पनि आफ्नै देवरसँगको सम्बन्धमा तिक्तताका कारण शक्तिहीन थिइन्। खैर इतिहास नै सन्देहमा रहेका बेला इतिहासका कुरा नगरौँ होला। तर राजनैतिक दलहरूले शासनसत्ता सम्हाल्दा जिम्मेवारी पाएका  जतिपनी महिलाहरू थिए, तिनीहरूको पनि आफ्ना पति वा स्वर्गीय पतिकी श्रीमती भन्ने भन्दा बाहेकका केही योग्यता देखाइएन। सो पदमा पुग्ने आफ्नै योग्यता हुँदाहुँदै पनि आफ्ना पुरुष आफन्तका बलमा वा सहानुभूतिमा मात्र उनीहरू सो पदहरूमा पुगे। यसैले उनीहरूबाट नारी स्वतन्त्रताका विषयमा, महिला सशक्तीकरणका विषयमा केही आशा गर्नु नै व्यर्थ हुने थियो। अरू बल नपाउने योग्य महिलाहरूको त हामीलाई नामसम्म थाहा छैन।

पछिल्लो समयमा प्राप्त समावेशिता र समानुपातिक प्रतिनिधित्वमा महिलाको अधिकार र प्रतिनिधित्वमा मिलेको आंशिक सफलता नारीवादी आन्दोलनको देन हैन बरु यो त राजनैतिक परिवर्तनबाट प्राप्त भएको हो। राजनैतिक पृष्ठभूमिबाट नारीवादमाथि वकालत गर्नेहरूले जहिल्यै पनि पहिले आफ्नो राजनैतिक दलको पक्ष लिन्छन् अनि मात्र नारी आन्दोलनको पक्ष लिन्छन् भन्ने कुरा त चिनियाँ क्रान्तिको समयमा उठेको नारीवादी स्वरहरू कसरी कालान्तरमा सुकेर गए भन्ने इतिहासबाटै प्रस्ट हुन्छ। पश्चिमा देशमा भन्दा धेरै वर्ष अगाडी नारी स्वतन्त्रताको मुद्दा चीनमा उठेको भएतापनी पछि त्यो राजनैतिक आवरणले पटक्षेप गरिदियो र दीर्घकालिक आवाज दिन सकेन।

पछिल्लो समयमा प्राप्त समावेशिता र समानुपातिक प्रतिनिधित्वमा महिलाको अधिकार र प्रतिनिधित्वमा मिलेको आंशिक सफलता नारीवादी आन्दोलनको देन हैन बरु यो त राजनैतिक परिवर्तनबाट प्राप्त भएको हो।


काठमाडौँले असली अर्थमा कहिल्यै पनि नारी स्वतन्त्रताको मुद्दा नै उठाएन भन्दा अतिशयोक्ति नहोला। यसले खालि आधुनिकतालाई नारी स्वतन्त्रता हो भनेर मात्र फलाकिरह्यो। महिला स्वतन्त्रताका नाममा काठमाडौँले महिलाहरूलाई लुगा छोटो लगाउन पाइन्छ भनेर मात्र सिकायो।कलिलै उमेरमा महिलाको मस्तिष्कमा मोडेल बन्ने सपनाको बीजारोपण गरेर शरीरको नाप लियो र पुँजीको बजारमा धकेलिदियो। काठमाडौँले आफूलाई सधैँ सहरिया भनेर घमण्ड गरिरह्यो र गाउँलाई पाखे देख्यो। आफूलाई स्वतन्त्रता सेनानी सम्झिरह्यो र गाउँलाई गँवार। यसैको पछिल्लो उदाहरण मान्न सकिन्छ, एउटा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा एक जना ‘सहरिया’ मोडेलले दिएको ‘नेपालका सहरिया र गाउँले महिलाहरू’ विषयक विवादित उत्तर। उनको सोचाइबाटै थाहा हुन्छ काठमाडौँले आफूलाई के सम्झिन्छ र गाउँलाई के देख्छ। उसले बजाउने नारी स्वतन्त्रताको डम्फूले मिठो लय निकालेकै छैन। उसको डम्फू प्वाल परेको छ, त्यही पनि उ यति जोडाजोडले त्यो बजाइरहेको छ कि उसले आफ्नै वरिपरिका आवाजहरू पनि सुन्दैन नारी स्वतन्त्रताको सुमधुर गीत त परको कुरा। काठमाडौँ- काठमाडौँ मात्र हैन, यो
त शासनसत्ताको अनुहार हो, यो सहरी परिपाटी हो।

यदि कसैले मलाई महिलाहरू काठमाडौँमा बढी स्वतन्त्र छन् गाउँमा भन्दा भनेर सुनाउँछ भने उसलाई कीर्तिपुरकी ती बुढी आमासँग भेटाइदिने रहर हुन्छ मेरो जसले अहिलेसम्म काठमाडौँ देखेकी छैनन्। उनी रत्नपार्कलाई काठमाडौँ भन्दी रहिछन्।
उनलाई मैले -“कीर्तिपुर पनि काठमाडौँमै पर्छ त आमै” भनेर भन्दा उनले मरिगए पत्याइनन्। उनले देख्दै नदेखेको काठमाडौँ यही हो भन्दा उनले किन पत्याउँथिन् त!

मैले सोधेँ-” यति उमेर हुँदासम्म किन नजानु भएको त त्यहीँ काठमाडौँ ।”

उनले भनिन् -” मेरो माइती अझै तल हो। बिहे गरेर यहाँसम्म आएँ। काठमाडौँ जाने कामै हुँदैन किन जानु? बुढा जानुहुन्छ क्यै काम पर्दा।”

“जाने रहर लाग्दैन त ?” भनेर सोधेँ मैले।
उनले भनिन्-“रहर हुनेबेलामा गइएन। अब मर्न लागियो के रहर गर्नु र ? ”
मैले त्यो ठाउँ छाडिहालेँ। मलाई थाहासम्म छैन उनी अझै जिउँदै होलिन् कि मरिसकिन् । तर यति चाहिँ भन्न सक्छु उनले अझैसम्म काठमाडौँ देखेकी छैनन्। काठमाडौँ – काठमाडौँ मात्र हैन, यो सत्ताको अनुहार पनि हो। ती बुढी आमाले काठमाडौँमै बसेर काठमाडौँ देखेकी छैनन्। यो भन्दा ठुलो व्यङ्ग्य के हुनसक्छ काठमाडौँलाई।

तपाईँ भन्नुहोला यो त पुरानो कुरा भयो। नयाँ पुस्तामा त्यो समस्या छैन। तर मेरा स्नातक पढ्दाताकाका काठमाडौँ बस्ने अधिकांश केटी साथीहरूले स्नातक पढ्न आउँदा मात्र रत्नपार्क देखेका हुन्। “त्यो भन्दा अगाडी किन नआएको त” भन्दा उनीहरू भन्छन्-” त्यो भन्दा अगाडी पढ्ने विद्यालय उतै थिए, किन आउनु?”

“अरू बेला पनि आएको भए हुन्थ्यो त। कति नै टाढा हो र ?”
“काम पर्दा दाइ ,भाइ वा ड्याडी गइहाल्नु हुन्थ्यो बाइकमा । मेरो हिँड्ने काम नै पर्दैन थियो, किन जानु? फेरि फुर्सद कहाँ हुन्थ्यो र, स्कुलमै दिन बितिहाल्थ्यो।”

उनीहरू यति भनेर पन्छिन्थे। तर के आवश्यकताले मात्र मान्छेलाई हिँड्न छुट दिने हो र? सँगै हुर्केका दाइ, भाइहरू डुल्न पाउँदा उनीहरू जान नपाउनु आवश्यकता नहुनु हो कि, असुरक्षाको डर हो? यदि असुरक्षाको डर हो भने सँगैका छोराहरूलाई असुरक्षा नहुने हुन्छ र? यति असुरक्षित काठमाडौँ कसले बनाएको हो? आफ्ना छोरी – चेलीलाई दलानसम्म सीमित गरेर अर्काका छोरी चेली हिँड्न डर मर्दो पार्ने यो समाज कसले बनाएको हो? यो काठमाडौँ कसले बनाएको हो यस्तो? कसले मिचेको हो मृदुल आवाजहरूलाई? कसले बजाएको हो यो सुर बिग्रेको डम्फू ?

प्रतिक्रिया दिनुहोस्