मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजको कान्तिपुरमा खबर छ ।
यो किरालाई अंग्रजीमा माइट भनिन्छ । माइटको शरीरमा भएको ओरएन्सिया सुसुगामुसी जीवाणुले गर्दा यो संक्रमण हुने गरेको हो। राजधानीको टेकु अस्पतालमा एक साताएता ३९ जना त्यस्ता बिरामी पुगिसकेका छन् ।
यो संक्रमणबाट यो बर्ष पाँच जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्