अ कपल अफ् टि कप
मौसम अँध्यारो छ ।
हुन त अँध्यारोपन आफूमा आफैं निकै सुन्दर हुन्छ। मलाई पनि मन पर्छ। साँझ होइन मडारिएको आकाश, बादलका बस्ती र इन्द्रेणीको गस्ती । यस्तै झरीको समय खुब मन पर्छ ।
मस्त निद्रामा थिएँ – दस बजे बिहानको ।
अल्छीपना होइन । यो समय यस्तो हो । जाडो छ निकै उठेर पो के गर्नु ?
-फोन आएछ ।
हेल्लो कता ?
-म यतै आकाश तिर ।
साँच्ची मेरा आफ्नाहरू धेरै हावा कुरा गर्छन् । तर यो फोन चाहिँ आफ्नीको हो ।
म पनि यस्सो झारफुक कुरा गरेँ। यो चिसोमा एक्लै एक्लै ?
– हेहे आउँछौ त ?
कहाँ आम् भन न त ?
-ल उसो भए चिया पसल आऊ ।
(फोन कट्यो)
………
सधैँ ठट्टा गर्ने ऊ तर यसरी फोन नकाट्ने आज कट्यो ।
कल ब्याक गर्ने ब्यालेन्स थिएन ।
थिएन भन्दा नि प्राय हुँदैन नै । उसले लोभी भन्थी तर पैसा नभएपछि लोभी नै बन्दिने गर्थेँ उसको लागि ।
उसको लोभी । (पर्सनल ।)
‘मलाई फोहोरी छस् भन्थी, आजो मुख धोएर जान्छु’ भन्ने सोचले मुख पनि धोएँ ।
ऐना हेर्ने मुड नभई नभई हेर्दिए ।
आजो हेन्डसम भइस् भन्ली की ?
यतै कता सिरानी तिर पैसा भएझैँ लाग्यो । खोजेर रिचार्ज गरेँ। तर फेरि उसैले फोन गरी ।
हत्तेरी खर्च मात्र गराइ । यस्तै सोचेँ ।
-आउँदैनौ ?
-साँची भन्या हो र ?
-उम नि ।
-ओके म आइहालेँ ।
चिसो ज्यान कति खापिनु हाउ, उठौँ भनेर बिस्तराबाट उठेँ तर यसै जानू बेकार छ ।
‘मलाई फोहोरी छस् भन्थी, आजो मुख धोएर जान्छु’ भन्ने सोचले मुख पनि धोएँ ।
ऐना हेर्ने मुड नभई नभई हेर्दिए ।
आजो हेन्डसम भइस् भन्ली की ?
विन्टर ज्याकेट, इनर टिसर्ट ।
………
-कत्ती ढिला गरेको ?
यसै तिमीले अन्तिम कल गर्दा पनि बिस्तरामै थिएँ, सो…।
-थाहा थियो ।
-बा दुई कप चिया बनाउनुस् न ।
-कस्तो बनाम् ?
-मजाक नगर्नुस् न यार बफ बनाउनुस् ।
-नाई नाई म पिउँदिन है ।
-मेरो लागि पिउनु पर्छ ।
-ओके उसो भए ।
अलि अलि पानीले भिजेको उसको कपाल,
गाजल भरेको आँखा,
मलाई खुब मन नपर्ने लिपिस्टिक, खुब पोतेर आएकी ।
कालो पछ्याउरीले आफ्नो छाती छोपेकी।
खुब सुन्दर लाग्छे ऊ ।
नानाभाती सोच्दै थिएँ ।
फेरि कुरा पनि गर्दै थिएँ । एकै पटक सबै गर्न सकिने है ?
अलि अलि पानीले भिजेको उसको कपाल,
गाजल भरेको आँखा,
मलाई खुब मन नपर्ने लिपिस्टिक, खुब पोतेर आएकी ।कालो पछ्याउरीले आफ्नो छाती छोपेकी।
खुब सुन्दर लाग्छे ऊ ।
उही बेला चिया आयो।
उसको कपमा अल्लि कम थियो तर मेरो कप भरिएको ।
म चिया भन्दा बढी उसको भिजेको ओठमा थिएँ ।
यो झरीसँग पनि रिस उठ्यो ।
कस्सो मैले नचुमेको ओठमा ऊ पुरै सलबलाएको छ ।
उसको ओठलाई काउकुती लगाइदिँदै छ ।
– ओइ… चिया सेलायो कत्ती हेरिरा..? राम्री भाकी छु है?
यत्तिका प्रश्नको उत्तर नै छैन ।
भन्ने आँट छैन मात्र मुन्टो हल्लाइदिएँ ।
‘अँ’ भन्ने शब्द निकाल्न भन्दा पनि मुन्टो हल्लाउन छिटो हुने, अचम्म…!
………
अ कपल अफ् कप ।
उसले आधा बनाइसकेको चियालाई नमन गरेँ ।
उसले ‘सुर्पी मारेको’ भागमा मैले ‘सुर्पी मारेको’ भाग जोडाएर चियर्स गरूँ ?
– जो कम्पन हाम्रो ओठहरूलाई होस् ।
हाय धेरै डुब्नु पनि हुँदैन ।
उसै सोच्दै चिया कप बिसाइयो ।
म तुरुन्तै फेरि दुई कप चिया ल्याउन अर्डर गरेँ।
तर उसले एक मात्र भनी ।
सके सम्म ढिला ल्याउने इसारा गरेको थिएँ ।
चिया फेरि आयो ।
ऊ मेरो कविताको हरफ भन्दै थिई।
– समाएर बज्यैको हात दिएनन् कहिले बाजेले गुलाबको फुल…
यस्तै कुरा गर्दै चिया सकियो ।
– एक कप पिउँछौ?
– नाई अब ग्यास्ट्रिक…
– ओके जाऊँ ।
-पैसा कति भयो ?
– म छु नि ।
-दाइजोमा हिसाब गरेर माग्न हो ?
उसले सम्झिछ, केही समय अगाडि राखेको पोस्ट । खर्च विवरण भनेर प्रेमिकाको लागि भनी जम्मा जम्मी ४७६ पुर्याएको थिएँ ।
– हुन्छ, अब २० प्लस गर न । तिम्रो कपको मात्र।
………
हामी निस्कियौँ ।
म हरेक कुरामा उसको बयान गर्न थालेँ, ऊ मुस्कुराई मात्र।
उसको ओठका,
उसको अङ्गालो,
उसको रेसमी कपाल,
यत्रतत्र सबै बयान गर्दै थिएँ ।
ऊ हाँस्दै मात्र थिई ।
उसको ओठका,
उसको अङ्गालो,
उसको रेसमी कपाल,
यत्रतत्र सबै बयान गर्दै थिएँ ।
ऊ हाँस्दै मात्र थिई ।
– ए साँच्ची हामी भेट्न योजना बनाउनु पर्दैन नि है ?
एक्कासी हुन्छ है ?
मेरो साथीहरू यो बार उ बार भेट्ने भन्ने प्लान बनाउँछन् ।
क्या मजा है हामीलाई ?
ऊ यसै खुसी थिई ।
प्रेमका कुरा/यादका कुरा/रिसका कुरा/खुसीका कुरा,… यस्तै कुरै कुराले हामी छुट्टियौँ ।
………
यतिखेर उही चिया पिएको पसलमा सिङ्गल कप छ ।
जसमा फुल कप चिया छ ।
यो कप उसले चिया पिएको कप हो ।
किनकि कपमा उसको लिपिस्टिक बसाइरहेछ…….!!