Logo

नेपालगञ्ज–लखनउ सिधा बस सेवा



Spread the love

२३ भाद्र, नेपालगञ्ज – पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो ।

हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ । सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आइतबार यहाँ आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरे ।

प्रतिक्रिया दिनुहोस्