Logo

‘खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सरबाट बच्न सकिन्छ’



Spread the love

२३ भाद्र, काठमाडाैँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले खानपिन र जीवनशैलीमा परिवर्तन गरे क्यान्सर रोगबाट बच्न सकिने बताएकी  छन् ।

श्रमजीवी महिला तथा बालकल्याण परिषद्को २५औँ वार्षिकोत्सवमा आइतबार आयोजित ‘महिला क्यान्सर रोगसम्बन्धी प्रशिक्षण कार्यक्रम’मा उनले २०६३ जेठ १६ गते तत्कालीन संसद्बाट चार विधेयक पास गरिएको बताइन् । सरकारले आगामी जेठ १६ गतेलाई ‘महिला अधिकार दिवस’को रुपमा मनाउने मन्त्री थापाले बताइन् । सरकारले महिला हिंसा न्यूनीकरणका लागि यसवर्षलाई महिला अभियान वर्षको रुपमा मनाउने उनले बताइन् ।

कार्यक्रमममा परिषद्का केन्द्रीय अध्यक्ष रञ्जु नापितले भ्याली हेल्थ तथा रिसर्च सेन्टरले भिडियो एक्सरे, एक्स–रे, ल्याब, इसिजीलगायत सेवा प्रदान गर्दै आएको बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बीना बाँस्तोला, वरिष्ठ क्यान्सर तथा छातिरोग विशेषज्ञ डा मदनकुमार पियालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्