Logo

किर्गिस्तानबिरुद्ध सावित्राको ४ गोलसंगै नेपाल विजयी



Spread the love

२२ भदौ, काठमाडौं । किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १-१ गोल गरे । खेल सुरु भएको ४ औं मिनेटमा अग्रता दिलाएकी सावित्राले १५ औं मिनेटमा दोस्रो गोल तथा ३० औं मिनेटमा ह्याट्रिक गरिन् । त्यसपश्चात सम्बाको पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए ।

पहिलो हाफमा फराकिलो अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि आक्रमण कायमै राख्यो । खेलको ५३ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रको बाहिर पाएको फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै नेपाललाई ५ गोलले अग्रता दिलाए । निर्धारित समयको अन्तिम मिनेटमा अनिता बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै नेपालको फराकिलो जित पक्का गरिन् ।

पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्