Logo

बंगलादेशको दोस्रो विकेट पतन



Spread the love

२२ भदौ, काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध दोस्रो विकेट हात पारेको छ । बंगलादेशको दोस्रो विकेट झार्ने क्रममा कमलसिंह ऐरीको बलमा ओपनर अनिकलाई ५ रनमा आसिफ शेखमार्फत् क्याच आउट गराएका थिए ।

यसअघि पहिलो विकेटका लागि रासिदले बंगलादेशका ओपनर तानजिद हसनलाई ९ रनमा एलबिडब्लु धरापमा पारेका थिए । २ सय ६२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको बंगलादेशले ६ ओभरको समाप्तीमा २ विकेटको नोक्सानीमा ३० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्