Logo

क्यारेबियन प्रिमियर लिग: सन्दीप सम्मिलित बार्बाडोस वारियर्सविरुद्ध उत्रदै



Spread the love

२२ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग क्रिकेटको जारी संस्करणमा नेपालका सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्राइडेन्ट्स आफ्नो पहिलो खेल खेल्दैछ । आज रति बार्बाडोसले गुयाना एमाजन वारियर्सको सामना गर्नेछ ।

सन्दीप आबद्ध बार्बाडोस ट्राइडेन्ट्समा जेसन होल्डर, एलेक्स हेल्स, वाहब रियाज, इमाद वासिम, जन्सन चार्ल्सलगायत छन्। गुयानामा सोएब मलिक, सिमरन हेटमेयर, ब्रान्डन किङ, किमो पल, सदाब खानलगायत खेलाडी छन्।

प्रतियोगितामा सन्दीपको यो दोस्रो सहभागिता हो। सन्दीपलाई गत वर्ष सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सले सीपिएलमा उतारेको थियो। पछिल्लो समय उनको बढ्दो बलिङ इकोनोमीका कारण ‘प्लेइङ सेट’मै पर्नु उनका लागि चुनौती बनिरहेको छ।

प्रतियोगितामा ट्रिनबागो नाइट राइडर्स दुई खेलबाट चार अ‌ंक जोडेर शीर्षस्थानमा छ। गुयानाको पनि दुई खेलबाट चार अंक छ।

प्रतिक्रिया दिनुहोस्