Logo

नेपालद्वारा बंगलादेशसामु २६२ रनको लक्ष्य प्रस्तुत



Spread the love

२२ भदौ, काठमाडौं । एसिसी यु-१९ एसिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय लिएसंगै पहिले ब्याटिङ थालेको नेपालले ८ विकेटको नोक्सानीमा २६१ रन जोड्यो। नेपालका लागि ओपनिङमा आएका पवन सर्राफले १११ बलमा ८ चौका र १ छक्काको मदतमा ८१ रन जोडे।

त्यस्तै ,अर्का ओपनर रित गौतमले ३२ रन जोडे भने मोहमद आसिफ शेख ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलको सामना गर्दै २८ रन जोड्दा कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भए।

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ५६ रनको योगदान दिएका थिए । भीम सार्कीले १९ बलको सामना गर्दै २१ रन जोड्दा रासिद खानले ६ रन र कमलसिंह ऐरीले नटआउट ९ रन जोडे।

बलिङतर्फ बंगलादेशका रकिबुल हसन र मोहमद एलोमले समान २-२ विकेट र मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ‍ताहिद रिदोयको नाममा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्