Logo

युरोकप छनोट: केनको ह्याट्रिकसँगै इंग्ल्यान्डको शतप्रतिशत जित



Spread the love

२२ भदौ, काठमाडौं । इंग्ल्यान्डले युरोकप छनोटमा शतप्रतिशत जित हात पारेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

एकपक्षीय बनेको खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । एक गोल रहिम स्ट्रलिङले थपे । केनले २४औँ मिनेटमा खाता खोलेका थिए । त्यसपश्चात उनले ५०औँ र ७३औँ मिनेटमा पेनाल्टीमा दुई गोलगर्दै ह्याट्रिक पूरा गरेका थिए । स्ट्रलिङले ५५औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोडेको छ । बुल्गेरिया २ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्