Logo

पानीमा डुबेर दुई बालकको मृत्यु



Spread the love

२२ भाद्र, काठमाडाैँ – अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।

अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच÷छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए ।

मृतक दुवै जनाको शवलाई पानीबाट निकालेर जिल्ला अस्पताल अछाममा शव परीक्षणका लागि ल्याइएको छ । यसैबीच, अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् ।

भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

बालिकाको टाउको, छाति, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनका काका रमेश भुलले जानकारी दिनुभयो । घाइते एलिना स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस्