विदुर नीति भन्न साथ जीवन र जगतलाई बुझ्ने दर्शन भन्ने बुझिन्छ । विदुर महाभारतका एक विद्वान पात्र हुन् । विदुर नीति जीवन-युद्धका नीति होइन, जीवन-प्रेम, जीवन व्यवहारको नीति हो । सत्य-असत्य, सही-गलतको स्पष्ट निर्देश र विवेचनाका दृष्टिले विदुर नीतिको खास महत्व रहेको छ ।
विदुर नीतिबाट के सिक्ने ?
यसले बुद्धिमानी व्यक्तिको लक्षण, गुण, व्यवहार र बोलीलाई स्पष्ट पारेको छ । त्यतीमात्र होइन, यसबाट के पनि बुझ्न सकिन्छ भने, गुणवान, पुरुषार्थी र बुद्धिमान हुनका लागि कस्तो गुण हुनुपर्छ भन्ने पनि जान्न सकिन्छ ।
बुद्धिमान को हुन् ?
–जुन व्यक्ति आफुलाई आदर-सम्मान हुँदा पनि अहंकार गर्दैन । साथै अपमान हुँदा पनि दुखी तथा विचलित हुँदैन । उहि बुद्धिमान हुन् ।
-ज्ञानी पुरुष जहिले पनि श्रेष्ठ काममा रुची राख्छन् । उन्नतीका लागि काम गर्छन् ।
-आफ्नो वास्तविक स्वरुपको ज्ञान भएको । दुख सहने शक्ति भएका र धर्ममा स्थिरता । यी गुणले व्यक्तिलाई पुरुषार्थ बनाउँछ ।
-ज्ञानी र बुद्धिमान पुरुष शक्ति अनुसार काम गर्ने इच्छा गर्छ ।
-जो व्यक्ति कुनेपनि कुरालाई चाडै बुझ्छन् । त्यस कुरालाई धैर्यतापूर्वक सुन्छन् । र, आफ्नो काम बुद्धिमानीपूर्वक सम्पन्न गर्छ ।
-बुद्धिमान तथा ज्ञानी व्यक्ति दुर्लभ बस्तुको कामना गर्दैनन् । न त गुमाएको कुरामा शोक गर्छ । विपत्तिको घडीमा पनि बिचलित हुँदैन ।
-जुन व्यक्ति पहिला नै निश्चित गरेको रुपरेखा बनाएर काम सुरु गर्छ । साथै कामको क्रममा रोकिदैन । समयलाई गुमाउँदैन । मनलाई बसमा राख्छ । उहि बुद्धिमान हुन् ।
-क्रोध, हर्ष, गर्व, लज्जा, उदंडता तथा स्वंमलाई पूज्य सम्झने, यस्तो भावबाट जो भड्किएका छैनन्, उही बुद्धिमान हुन् ।