Logo

भोली भाद्र २१ गते शनिबार, भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल भाद्र २१ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ।

वृष राशी – सिर्जनशील क्षेत्रमा मन जाने छ। र, सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मिथुन राशी – आर्थिक उन्नति हुने छ। नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ।

कर्कट राशी – धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ। मन प्रशन्न रहला।

सिंह राशी – पैसा कमाउने अवसर प्राप्त होला। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन रहने छ।

कन्या राशी – पैसा खर्च सोचेर मात्रै गर्नु होला। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो।

तुला राशी – जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।

वृश्चिक राशी – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।

धनु राशी – यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ।

मकर राशी – दिन उल्लासमय हुने छ। काममा मन जाने छ। अध्ययनको क्षेत्रमा सफलता हासिल होला।

कुम्भ राशी – कला क्षेत्रमा सफलताको योग छ। महिलाहरूका लागि सौन्दर्य क्षेत्रमा सफलता हासिल होला।

मीन राशी – अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।

प्रतिक्रिया दिनुहोस्