Logo

मुख्यमन्त्री पौडेलसँग जर्मन राजदूतको शिष्टाचार भेट



Spread the love

२० भाद्र, काठमाडाैँ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरले भेट गरेका छन् । भेटका अवसरमा प्रदेशमा प्राविधिक शिक्षाको अवस्था र त्यसमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

छलफलको क्रममा मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षामा प्रदेश सरकार जर्मनीसँग सहकार्य गरेर आगाडि बढ्ने बताएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेलले राजदूत शेफरलाई प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको बताउँदै प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको जानकारी दिए ।

छलफलमा राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई विस्तार गरिरहेको बताए । उनले प्रदेशसँग प्राथमिकताअनुसार पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्