Logo

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता



Spread the love

१८ भाद्र, काठमाडौं – तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् ।

काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् ।

नयाँपत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्