Logo

यस्तो छ यस वर्षको निजामती दिवसको आदर्श वाक्य



Spread the love

१७ भाद्र, काठमाडाैँ – यस वर्ष मनाइने निजामती सेवा दिवसको आदर्श वाक्य चयन गरिएको छ । दिवस मूल समारोह समितिको बैठकले ‘सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका रुपमा चयन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालका अनुसार दिवस मनाउनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा आर्थिक वर्ष २०७४÷७५ मा उत्कृष्ट काम गर्ने १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार तथा ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारी कल्याण शाखाका शाखा अधिकृत भुवन पाण्डेले जानकारी दिए ।

उनिहरुलाई दिवसको दिन सिंहदरबारमा आयोजना गरिने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । उत्कृष्ट १० जनालाई जनही रु एक लाख तथा अन्य ३० जनालाई जनही रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सरकारले २०६१ सालदेखि दिवस मनाउँदै आएको छ । देशभर करीब ८५ हजार निजामती कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्