Logo

सिर्जनशील समाज र ठाकुरलाई पुरस्कार दिइने



Spread the love

१७ भाद्र, काठमाडाैँ – महिला सशक्तीकरणमा भूमिका निर्वाह गरेबापत तारकेश्वर नगरपालिकामा रहेको सिर्जनशील महिला समाजलाई रु एक लाखसहित ताम्रपत्रले सम्मान गरिने भएको छ । महिला हिंसा विरुद्धका चित्र सिर्जना गरी समाजमा शान्ति तथा अहिंसाको जनमत तयार गरेबापत महोत्तरीकी सुनैना ठाकुरलाई रु ५० हजार पुरस्कारको सङ्गती ग्रान्ट अवार्ड प्रदान गरिने भएको छ । मिथिला चित्रकलाका माध्यमबाट ठाकुरले लैङ्गिक समता, सामाजिक समावेशीकरण, महिला र अन्यमाथि हुने हिंसालगायत सामाजिक मुद्दाबारे सन्देश दिएका छन् ।

दक्षिण एशियाली राष्ट्रहरुमा आधारित एक नारीवादी नेटवर्क र नागरिक समाजले संयुक्तरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नारीवादी लेखिका कमला भासिनले यही भदौ २१ गते उक्त पुरस्कार वितरण गरिने जानकारी दिए । उनले पितृ सत्तात्मक सोचले समाजमा पुरुषलाई हिंसातर्फ उन्मुख गरेको बताउँदै सामाजिक न्याय, समानता र प्रेमले सहअस्तित्व र शान्तपूर्ण समाज निर्माण गर्न सहयोग पुर्याउने विचार व्यक्त गरे ।

सन् २०२० का लागि मनाउन लागिएको अन्तर्राष्ट्रिय महिलावादी ऐक्यबद्वता ‘उर्लंदो सय करोड’ सोही दिन ललितपुर महानगरपालिकाको धोबीघाटबाट शुभारम्भ गरिने र अन्तर्राष्ट्रिय विज्ञका अनुभव आदानप्रदान, नाटक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

महिलावादी अभियानकर्ता पूजा पन्तले बालिका तथा महिलामाथि हुने हिंसा विरुद्धको लडाइँका रूपमा ‘उर्लंदो सय करोड’ विश्वका २०७ देशमा मनाइने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्