Logo

टी-ट्वान्टी वरीयतामा नेपाल एघारौँ स्थानमा यथावत्



Spread the love

१७ भदौ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको छ । नयाँ वरीयतामा नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।

अब नेपालले अक्टोबरमा ४ वटा टी-ट्वान्टी खेल खेल्दैछ । उक्त सिरिजमा गरेको प्रदर्शनले नेपालको वरीयतामा फरक पर्नेछ ।

नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्