Logo

विराटलाई उछिन्दै स्मिथ नम्बर वान ब्याट्सम्यान बन्न सफल



Spread the love

१७ भदौ, काठमाडौं । अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ विश्वको नम्बर वान टेष्ट खेलाडी बन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको नयाँ टेष्ट वरीयतामा स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछाडी पार्दै नम्बर वान टेष्ट ब्याट्सम्यान बन्न सफल भएका हुन् ।

स्मिथले ९०४ रेटिङ अंक प्राप्त गर्दै शीर्ष स्थानमा रहँदा कोहली भने ९०३ अंक प्राप्त गर्दै दोस्रो स्थानमा छन् । त्यस्तै, बरियताको तेस्रो स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन रहेका छन् । गत वर्ष दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टमा बल टेम्पिरिङका कारण एक वर्षे प्रतिबन्धमा परेपश्चात स्मिथ नम्बर वानबाट खस्किएका थिए ।

टेष्ट क्रिकेटको बलिङमा शीर्ष स्थानमा अष्ट्रेलियाका पट कुम्मिन्स रहँदा अलराउण्डरतर्फ भने वेष्ट इन्डिजका ज्यासन होल्डर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्