Logo

वर्षा याममा उपयुक्त पहिरनको छनोट कसरी गर्ने ?



Spread the love

वर्षा याममा पहिरन छनौट गर्दा निक्कै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो तथा तुरुन्तै घाम लागिहाले धुलो हुने भएकाले पहिरन छान्दा निकै विचार गर्नुपर्छ ।

यो मौसममा शुद्ध सुतिका पहिरन लगाउँदा राम्रो हुन्छ । पानी पर्ने समय भएकाले रंग जाने पहिरन लगाउनुहुँदैन । घाम असाध्यै चर्किने हुनाले सिल्क, साटनजस्ता पोल्ने खालका पहिरन नलगाउनु नै उपयुक्त हुन्छ ।

वर्षा मौसममा हल्का वानपिस, क्वार्टर पाइन्ट, लिनेनका पाइन्टसंग रेनी सुज अर्थात प्लास्टिकका जुत्ता लगाउनु राम्रो हुन्छ ।

किशोर–किशोरीहरूले टि–सर्ट वा सर्टसँग हाफ तथा क्रप पाइन्ट लगाउन सक्छन् । यतिबेला स्कार्फ पनि ओढ्न सकिन्छ । यसले स्टाइलिस लुक्स दिनुका साथै शरीरलाई न्यानोसमेत राख्छ ।

प्रतिक्रिया दिनुहोस्