Logo

फाेक्साेलाइ स्वस्थ राख्नका लागि के गर्ने ?



Spread the love

धूम्रपान नगर्नुहास्: धूम्रपान गर्नाले फाेक्साेलाइ सबैभन्दा धेरै हानि पुग्छ । जाे जति धेरै धूम्रपान गर्छ, त्यति नै फाेक्साेकाे क्यान्सर र सीओपीडी (दीर्घकालीन रूपमा फाेक्साे सुनिनु) त्यति नै धेरै हुन्छ । त्यसैले चुराेट मात्रै हैन कुनै पनि किसिमका धूम्रपान फाेक्साेका लागि हानिकारक छन् ।

पानी: फाेक्साेलाइ स्वस्थ बनाइ राख्नकालागि पानी एकदमै जरूरि छ । पानीले फाेक्साेमा गिलाेपन भइरहन्छ र फाेक्साेकाे फाेहर यही गिलाेपनका कारण बाहिर निस्कन पाउँछ र फाेक्साे स्वस्थ रहन्छ । त्यसैले जुनसुकै माैसममा पनि पर्याप्त मात्रामा पानी पिउनु लाभदायिक हुन्छ ।

श्वासप्रश्वास व्यायाम गर्नुहाेस्: श्वासप्रश्वास व्यायाम गरेर फाेक्साेलाइ बलियाे बनाउन सकिन्छ र सामान्य भन्दा धेरै काम लिन सकिन्छ । जति तपाइकाे मुटु स्वस्थ हुन्छ त्यतिनै फाेक्साेलाइ मुटु र अन्य मांसप्रशीहरूलाइ अक्सिजन दिनमा सजिलाे हुन्छ । फाेक्साेलाइ स्वस्थ राख्नका लागि प्रत्येक दिन श्वासप्रश्वासकाे व्यायाम गर्नु जरूरि छ ।

मौसम अनुसार हेरचाह गर्नुहाेस् : गर्मी, उम्साे हाेस या एकदमै जाडाे यी माैसममा फाेक्साेलाइ स्वस्थ राख्नका लागि र फाेक्साेसँग सम्बन्धित चिन्ताबाट राहत पाउनका लागि धेरै मात्रामा पानी पिउनुहाेस् । फाेक्साेसँग सम्बन्धित कुनै राेग छ भने एकदमै अमिलाे र चिसाे चिज नखानुहाेस् ।

वायु प्रदूषणबाट बच्नुहाेस्: फाेक्साेकाे समस्यासँग जुधिरहेका मानिसलाइ वायू प्रदूषणबाट बच्नु पर्दछ । त्यसैले बाहिर जानेबेला मेडिकेटिड मास्ककाे प्रयाेग गर्नु पर्दछ ।

घरलाइ स्वच्छ राख्नुहाेस्: वायु प्रदूषण सिर्फ बाहिर मात्र हुनेवाला समस्या हैन । घरमा पनि यस्ता धेरै चिज छन्, जस्तय दाउराबाट बल्ने स्टाेव,अगेँठाे, मैनबत्ति र एअर फ्रेशनर पनि वायू प्रदूषणका कारण बन्न सक्छन् । त्यसैले त्याे अवस्थामा तीन तरिका अपनाउनुहाेस् १ त्यस्ता वस्तुहरूलाइ हटाउनु २ भेन्टिलेशनलाइ बढाउनु ३ हावालाइ स्वस्थ राख्ने बन्दाेबस्त मिलाउनु ।

पौष्टिक खाना खानुहाेस्: ती खाद्य पदार्थ जिसमा एन्टिअक्सीडेंट्स पाइन्छ त्याे खाना फाेक्साेका लागि एकदमै फाइदाजनक हुन्छ । २०११ मा गरिएकाे एक अनुसन्धानका अनुसार जाे फूलगोभी, ब्राेकाउली, बंदागोभी खान्छन् ती मानिसहरूमा फाेक्साेकाे क्यान्सर हुने सम्भावना नखाने मान्छेहरूभन्दा एकदमै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्