Logo

बुर्किना फासोका दुई सैनिकलाई ‘कू’ अभियोगमा १५ बर्ष जेल सजाय



Spread the love

१६, भाद्र, बुर्किना फासो – बुर्किना फासोको सैनिक अदालतले यहाँको साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजाय तोकिएको एएफपीका स्थानीय रिपोर्टरले बताएका छन् ।

सैनिक अदालतले उक्त विद्रोहको मुख्य योजनाकार भएको आरोपमा जनरल गिलबर्ट डियन्डियरलाई आपराधिक गतिविधि गरेको तथा राज्यको सुरक्षा निकायलाई क्षति पुर्याएको अभियोगमा २० बर्ष जेल सजायको आदेश गरेको छ । त्यस्तै अर्का जनरल जिब्रिल बासोललाई राष्ट्रघातको अभियोगमा १० बर्ष जेल सजाय तोकिएको छ ।

आम प्रदर्शनपछि भएको देशव्यापी आन्दोलनको भरमा पदच्युत गरिएका पूर्व राष्ट्रपति ब्लाइस कोम्पाओरको पक्षधर सेनाको समूहले सन् २०१५ मा राज्य विद्रोह गरेको थियो । जसमा १४ जनाको मृत्यु गएको थियो ।

प्रतिक्रिया दिनुहोस्