क्यान्सर रोगहरूको एक वर्ग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि, रोग आक्रमण (आस-पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही मेटास्टेसिस (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।
एक अनुसन्धान अनुसार महिलाहरुले लगाउने साडीले समेत क्यान्सर उत्पन्न गर्न सक्ने प्रमाणित भएको छ । पत्याउन निकै गाह्रो होला, तर महिलाको सुन्दरता बढाउने साडीलाई सही तरिकाले लगाउन सकिएन भने यसले क्यान्सरसमेत निम्त्याउँछ ।
साडीमा लगाउने पेटीकोटको कारणले हरेको दिन दिनभरि शरीरको एउटै भागमा बाँध्ने गर्दा यसले कमरमा एउटा स्थायी जलन उत्पन्न गराउछ । सुरु–सुरुको अवस्थामा यो जलनले छाला रातो भएर चिलाउने, पोल्ने जस्तो अनुभूति महसुस हुन थाल्छ । त्यसपछि उक्त स्थानमा छालानै निस्किन गई घाउसमेत हुन सक्छ ।
यस्तो कुरा छिट्टै ध्यान दिइएन भने यसले विस्तारै विस्तारै क्यान्सरको रूप लिन सक्छ । दिनहुँ पेटीकोट र साडी लगाउँदा सधैं यसको दबाब शरीरको एउटै खण्डमा मात्र पर्ने हुँदा महिलाहरूले साडी लगाउने गर्दा निकै विचार र्पुयाउनु जरुरी देखिन्छ ।
दिनहुँ पेटीकोटलाई एकै ठाउँमा नाबाँधेर घरी माथि घरी अलिकति तल गरेर बाध्नु पर्छ । यसरी एकै ठाउँमा इँजार बाँधेको कारण भएको क्यान्सरको उपचार उक्त महिलाको स्वास्थ्य अवस्थामा निर्भर गर्छ । यो समस्यालाई प्रारम्भिक अवस्थामा पहिचान गर्न सकियो भने सानै शल्यक्रियाबाट उपचार गर्न सम्भव छ । तर, यो समस्या शरीरभरि फैलिन गयो भने यसले ज्यानसमेत जान सक्छ ।