भनिने गरिन्छ, कपाल भनेको महिलाहरूको गहना हो l जसले गर्दा महिलाहरू सुन्दर देख्नका साथै आकर्षित पनि देखिने गरिन्छ l तर के कपालबाट पनि पत्ता लगाउन सकिन्छ त महिलाहरूको स्वभाव? त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्तो कपाल भएकी युवतीको स्वभाव कस्तो?
लामो र स्ट्रेट कपाल :
यस्ती कपाल भएकी युवतीहरूको मन सफा भएकै कारण बढी जसो युवकहरू यस किसिमको महिलालाई मन पराउने गर्छन् l यस किसिमका युवतीहरू कुनै पनि कुरामा बिचार पुर्याएर बोल्ने तथा निर्णय लिने गर्नका साथै सही स्थानमा मात्र पैसा खर्च गर्ने स्वभावको हुन्छ l
छोटो कपाल :
यदि कुनै युवतीको कपाल छोटो छ भने त्यस किसिमको युवतीको स्वभाव सधैँ आफ्नै बारेमा मात्र सोच्ने वा अरूप्रति रहेको नजर धेरै छिटो बदलिने हुन्छ । त्यसैले यस किसिमको युवतीसँग बस्दा वा काम गर्दा सधैँ सतर्क अपनाउँदा उचित रहन्छ l
पातलो कपाल :
जुन युवतीको कपाल पातलो हुन्छ त्यस किसिमको युवतीले छिट्टै आत्मविश्वास गुमाउँछन् l यस किसिमका युवतीहरूले भाग्यलाई एकदमै धेरै विश्वास गर्नका साथै यस्ता युवतीहरूमा माया, प्रेमप्रति कुनै प्रकारको आकर्षण हुँदैन् । यिनीहरू आफ्ना मनका कुरा कसैसँग नखोली आफैसँग सीमित राखेर आफ्नो जीवनलाई सरल, सामान्य र शान्तिपूर्ण रूपमा बिताउन चाहन्छन् l
कर्ली कपाल :
यस्ता कर्ली कपाल भएकी युवतीहरू भाग्यशाली हुनका साथै आफ्नो भाग्यबाट सबै सुख, सुविधा र आनन्द प्राप्त गरेका हुन्छन् । यस किसिमको युवतीहरूको भाग्यले उनीहरूसँग जोडिएका व्यक्तिहरूलाई पनि निकै फाइदा पुर्याउने गर्छन् l