के तपाईँ आफ्नो जीवन शानदारका साथ जिउन चाहनुहुन्छ? यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसले तपाईँलाई सिकाउनेछ l आखिर कसरी जिउन सकिन्छ त जीवन? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे :
सन्तुलित खान खानुहोस् :
यदि तपाईँ सन्तुलित खाना खानु हुन्छ भने यसले तपाइको दिमाग ठण्डा राख्नका साथै पेट दुख्ने र टेन्सन पैदा हुने जस्ता समस्याबाट पनि छुटकारा दिलाउँछ l साथै यसले शरीरका लागि चाहिने खाद्य पदार्थ तथा पाचनका लागि आवश्यक हुने इन्जाइम वा तरल रस पैदा गर्न निकै मद्दत गर्दछ । त्यसैले सन्तुलित भोजन गर्ने बानी बसाल्नुहोस् l
समयको बचत गर्नुहोस् :
बगेको खोला फर्कँदैन भने झैँ गइसकेको समय पनि कहिल्यै फर्किएर आउँदैन l त्यसैले कुनै पनि काम सोचेको समयभन्दा पहिले र राम्रो तरिकाले गर्ने आदत बसाल्नुहोस् l
खुसी रहनुका साथै खुलेर हाँस्नुहोस् :
यदि तपाईँ हमेशा खुसी हुनका साथै खुलेर हाँस्नु हुन्छ भने यसले हृदयदेखि नै मानिसलाई खुला बनाउँछ । जसले गर्दा कपट, षड्यन्त्र, लालच, मोह र पूर्वाग्रहबाट पनि यसले मुक्त गराउँछ l
योग गर्नुहोस् :
जीवन खुलेर जिउनका लागि योग जरुरी छ । जसले शरीरको आन्तरिक तथा बाह्य दुवै शुद्धिलाई एकै पटक सन्तुलन मिलाएर अघि बढाउँछ । त्यसैले योग गर्ने बानी बसाल्नुहोस् l
सकारात्मक सोच्नुहोस् :
हमेशा तपाईँ सकारात्मक सोच्ने गर्नुहोस् l सकारात्मक सोच्नाले आयु बढाउनका साथै काम गर्न जाँगर बढाउँछ । यस्तो सोचले मानिसलाई जीवनमा अघि बढाउन पनि मदत गर्दछ l