Logo

रात्रिकालीन भोजनपश्चात् हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक



Spread the love

मानिसहरुलाई धेरै कार्बोहाइड्रेट भएको खाना खाए पछि जहिलेपनि खाना सुस्त महसूस हुने गर्छ । धेरैजसो टन्न खाना खाएपछि आँखा भारी हुन थाल्छ र निन्द्रा लाग्ने हुन्छ । ब्यस्त जीवनशैली, दिनभरिको काम, तनावले गर्दा थाकेका मानिसहरु हरेक राति खाना खानासाथ ढल्केर आराम गर्ने गर्छन् । तर, यसरी खाना खाने बितिक्कै आराम गर्नाले वा सुत्नाले स्वास्थ्यमा नकारात्मक प्रभाब पर्न जान्छ ।

खान खानेबित्तिक्कै पल्टिँदा शरीरमा विभिन्न किसिमको रोगहरु लाग्ने सम्भावना उच्च हुन्छ । अल्छिपन, शरीरलाई लाग्ने रोगबाट बच्न, तौल नियन्त्रण गर्न र आफूलाई स्वस्थ राख्नका लागि रातिको खाना खाएपछि केही समय हिँड्नु निक्कै फाइदाजनक हुन सक्छ ।

खाना खाने बित्तिकै ढल्किने गर्दा पेटमा बोसो थुप्रेर पेट लाग्ने समस्या बढ्न जान्छ । जसका कारण मोटोपनाले मात्र पनि मानव शरीरमा विभिन्न प्रकारको रोगहरु निम्त्याउन सक्छ । आफ्नो वजनलाई काबुमा राख्नका लागि खाना खाएपश्चात नसुती एकछिन बाहिर बरन्डा वा घर वरीपरि हिँड्ने बानी बसाल्नु पर्छ ।

खाना खाएपछि प्राय अल्छि र सुस्त महसुस हुने हुदा खाना खाए पछि हिड्ने बानी बसाउदा शरीरको अल्छिपन, तनाव हटेर पेट सम्बन्धी, र अन्य विभिन्न समस्याहरु हराएर जान्छ ।

खाना खाएपछि केही समय नसुतीकन हिँड्ने गर्दा शरीरको अतिरिक्त क्यालोरी तथा बोसो पगालेर पेट तथा मोटो शरीरलाई घटाउन मद्दत गर्छ जसले गर्दा रक्तचाप, कोलेस्टेरोल पनि नियन्त्रणमा रहने हुन्छ । बाहिरको स्वच्छ वातावरणले शरीरमा अक्सिजन प्रदान गरेर ब्लड सर्कुलेसनलाई सक्रिय गरेर अनिन्द्राको समस्यालाई हटाइ राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

मधुमेहका बिमारीले खाना पछि कम्तिमा पनि ३ मिनेट टहल्ने बानी बसाउँदा शरीरमा ब्लडसुगरको मात्रा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्