Logo

निन्द्रा पुग्ने गरि सुत्दा पनि थकाई हटेन भने अपनाउनुहोस् यी उपायहरु



Spread the love

शरीरमा ताजापन ल्याउनका लागि पर्याप्त निन्द्रा निक्कै आवश्यक हुन्छ दिनभरि कामले शरीर तथा मस्तिष्क थाकेपश्चात जो कोहिलाई पनि मीठो निद्राको जरुरि हुने गर्दछ । दैनिक ब्यस्त जीवनमा स्वास्थ्य रहनका लागि कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक देखिन्छ । समयमा सुतेर तथा समयमै उठ्दा दिनभरि शरीर स्वास्थ्य रहनुका साथै मस्तिष्कले पनि सही तरिकाले काम गर्न गर्दछ ।

दैनिक आठ घन्टा भन्दा धेरै सुतेर पनि कहिले कहीँ निन्द्रा नपुगेको अनुभब हुन सक्छ । कहिले भने निन्द्रा पुगे पनि शरीर थाकेको जस्तो अल्छि हुन्छ भने यसका विभिन्न कारणहरु हुन सक्छन् । शरीरमा दीर्घकालीन रोग, खराब बानी, अस्वस्थ्य भोजन, अनियमित दिनचर्या, थाइरोइड, तनाव आदि थकानका मुख्य कारण हुन् । स्वास प्रस्वासमा समस्या हुँदा, शरीरमा रगतको कमी आउदा तथा रगतमा हेमोग्लोबिनको स्तर घट्दा पनि दिनभरि केहि काम नगरी थकाई लागेको जस्तो महसुस हुन्छ ।

स्वास्थ्य रहनका लागि आफ्नो खानपान र दैनिक कार्यमा ध्यान दिन सकेमा दिनभरीको थकानलाई सजिलै हटाउन सक्छौं । थकान तथा हाईलाई हटाउनका लागि सकेसम्म दिनमा अत्यधिक पानी पिउने बानी बसाल्नु पर्छ । खानपानमा ध्यान दिदै दैनिक खानेकुरामा हरियो सागपात र विभिन्न तरकारीहरुलाई समेट्नु पर्छ

बिहान छिट्टो उठेर ३० मिनेट देखि १ घण्टा जति व्यायाम गर्दा वा बिहानको शितल हावामा डुल्दा गर्दा स्वास्थ्यलाई निकै फाइदा पुग्न सक्छ । शारीरिक ब्यायामले शरीरलाई दिनभरि ऊर्जाशील बनाउनुका साथै दिनभरी लाग्ने थकानलाई समेत हटाउन मद्दत गर्छ । ब्यायाम गरिसकेपछि बिहान चिसो पानीले नुहाउने गर्दा शरीर शितल हुनुका साथै शरीरमा ताजापन आउने गर्छ ।

 शरीरको थकाइ हटाउनका लागि कालो चिया, ग्रिन टि वा ताजा फलफुलको जुस पिउनु राम्रो उपाय हो । बिहान मनतातो पानीमा कागती र मह राखेर पिउने गर्दा थकान कम लग्नुका साथै शरीरमा तुरुन्तै ऊर्जा आउछ । शरीरमा थकाइ अनुभव भएजस्तो लाग्दा केहि बेर हिड्ने गर्दा, हात र गोडामा मालिश गर्दा केहि हद सम्म कम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्