कहिलेकाहीँ धेरैबेरसम्म पानीमा हात पर्ने काम गरेमा, भाँडा माँझ्दा, लुगा धुँदा, नुहाएपछि होस् वा स्विमिङ्ग जाने क्रममा शरीरमा पानी परेको केही हिस्साको छाला खुम्चिने गर्छ । हात, औँलाको छाला धेरैबेर पानीमा रहँदा खुम्चेर चाउरी परेको जस्तो देखिन थाल्छ ।
पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ। छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ।
पानीमा रहँदा छालाबाट सामान्यभन्दा अधिक कोष बाहिर निस्कने भएको कारणले गर्दा उक्त ठाउँको छाला खुम्चिन जान्छ । मानव शरीरले वातावरण परिवर्तन भएसंगै त्यहीअनुसार आफूलाई पनि परिवर्तन गर्ने क्षमता राख्दछ । भिजेको हातले कुनै पनि सामान उठाउन, वा केही काम गर्न निकै गाह्रो हुने गर्दछ ।
पानीमा भिजेर छाला चाउरी पर्नुको कारण शरीरले आफ्नो रक्षा गर्नका लागि अपनाएको एक प्रकारको विधि हो । चाउरी पर्ने गरी हात भिजाएर कुनै पनि समान समात्न सहज हुने थाहा भएपछि मानव शरीरले वातावरणअनुसार आफूलाई ढाल्न सक्छ भन्ने वैज्ञानिकहरुले बताएका छन् ।
भिजेको हातले कुनै सामान समात्न खोज्दा चिप्लो भएर झर्न तथा भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुने भएका कारण मस्तिस्कले शरीरलाई जोगाउनका लागि छालालाई खुम्च्याएर चाउरी पार्ने निर्देशन दिएको हुन्छ ।