Logo

वेस्ट इन्डिजका रकीम विश्वका बढी तौल भएका क्रिकेट खेलाडी



Spread the love

१४ भदौ, काठमाडौं । टेस्ट क्रिकेट खेल्ने विश्वकै बढी तौल भएका खेलाडी वेस्ट इन्डिजका रकीम कर्नवाल बनेका छन्। १४० केजीका रकीमले भारतविरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेर विश्वकै बढी तौल भएको खेलाडीको रेकर्ड बनाएका हुन्।

यस अगाडी बढी तौल भएको खेलाडीको रेकर्ड अस्ट्रेलियाका वारविक आर्स्ट्रङ्गको नाममा रहेको थियो। उनी क्रिकेट खेल्दा १३३ देखि १३९ केजीसम्मका थिए।

रकीमले भारतविरुद्धको डेब्यू खेलको पहिलो दिन २७ ओभर बलिङ गर्दै ६९ रन खर्चिएर १ विकेट हात पारे। २६ वर्षीय कर्नवाल पछिल्लो समय स्पिन बलिङमा आफ्नो प्रभाव पारेसंगै राष्ट्रिय टोलीमा परेका हुन्। ६ फिट अग्ला कर्नवालले विपक्षी ब्याट्सम्यानलाई अप्ठ्यारो हुने वाउन्स बल फ्याँक्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्