Logo

साफ यु–१५ : उपाधिको लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै



Spread the love

१४ भदौ, काठमाडौं । पाँचौ संस्करणको साफ यु–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको कल्याणी रंगशालामा शनिबार दिउँसो ३ बजे बाट सुरु हुनेछ।

प्रतियोगितामा यी दुई टोली सुरुवातबाट दाबेदार रहँदै आएका छन् । फाइनलमा नेपालले फेरि एक पटक भारतकै सामना गर्दैछ । यू १५ मा नेपाल अहिले सम्म च्याम्पियन हुन सकेको छैन । नेपालका लागि भारत अधिकांश समय तगारो बन्दै आएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्ने रणनीतिका साथ मैदान उत्रने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्