Logo

स्वस्थ रहनका लागि जान्नैपर्ने ७ कुरा



Spread the love

१. यदि सुखसंग सुत्नु छ भने सुत्ने समयमा कुनै पनि कुराकाे चिन्ता नलिइकन भगवानकाे नाम जप्नुहाेस् । कम्तीमा दैनिक ८ घण्टा मज्जैले सुत्नुहाेस् ।

२. पाचन शक्तिलाइ स्वस्थ राख्नका लागि ठिक समयमा खाना खानुहाेस र खाना खाँदा प्रत्येक गाँसलाई ३२ पटक चपाउनुहाेस् । खानामा फलफूलकाे मात्रा बढाउनुहाेस् ।

३. यदि यौनशक्तिलाइ मजबुत बनाउन चाहानुहुन्छ भने कामुक चिंतन नगर्नुहाेस् । हप्तामा एक चाेटि भन्दा धेरै (सहवास) याैनसम्पर्क नगर्नुहाेस् ।

४. अण्डा, मासु खानाले शक्ति बढ्छ र रक्सी पिउनाले आनन्द मिल्छ साेच्नु हाम्राे सबैभन्दा ठुलाे भ्रम हाे । अण्डा, मासु खानाले शरीर मोटाे-तगडा त जरूर हुनुसक्छ तर धेरै बिमार पनि यसैका कारण उत्पन्न हुन्छन् । त्यस्तै, रक्सी पिउनाले पनि आनंद आउँदैन, बेहोशी पन आउँछ र सँगै बिमारी पनि आउँछ ।

५. जसरी, आफ्नाे आर्थिक क्षमता भन्दा धेरै धन खर्च गरेपछि धन खर्च गर्नेवाला ऋणी बन्दछ त्यसरी नै आफ्नाे शारीरिक शक्ति भन्दा धेरै श्रम काम गर्नेवाला कमजोर बन्दछ । आफ्नाे क्षमता भन्दा धेरै भोग गर्नेवाला पनि छिटाे बूढाे र नपुंसक हुनसक्छ ।

६. खाना खाने समय र सुत्ने समयमा कुनै पनि प्रकारकाे चिन्ता, क्रोध या शोक मान्नु हुँदैन । खाना खानु भन्दा पहिला हात र सुत्नु भन्दा पहिला खुट्टा धुनु तथा दुवै समयमा मुख धुनु हितकारी मानिन्छ ।

७. यदि तपाइ निःशुल्क स्वस्थ र चुस्त रहन चाहानुहुन्छ भने तपाइले दैनिक तीन काम गर्नु पर्दछ । पहिलाे काम बिहान छिटाे उठेर स्वस्थ हावा सेवन गर्नका लागि लामाे पदैलयात्रा गर्नुहाेस् । दाेस्राे ठिक समयमा स्वस्थ खाना चपाइ-चपाइ खानुहाेस् । र तेस्राे दुवै समय शौच अवश्य जानुहाेस् ।

प्रतिक्रिया दिनुहोस्