Logo

यसकारण गर्भमा रहँदा शिशुले लात्ती हान्ने गर्छ !



Spread the love

गर्भवती महिलाहरूको मुखबाट हामी सुन्ने गर्छौँ कि भखरै शिशु चल्यो वा शिशुले लात्तीले हान्यो l यदि अन्य व्यक्तिहरू पनि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने उनीहरूले पनि अनुभव गर्न सक्छन् कि वास्तवमै शिशुले लात चलाइरहेका हुन्छन् l तर कहिल्यै तपाईँले सोच्नु भएको छ यो कुरा आखिर किन पेटमा रहेका शिशुले हान्छन् त लात? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

बाहिरी परिवर्तन महसुस हुँदा
जब पेटमा रहेका शिशुले बाहिरी परिवर्तनको महसुस गर्छन् तब उनीहरूले आफ्नो प्रतिक्रिया जनाउनका लागी पेटमै चल्ने वा पेटमा लात्ती हान्ने गर्दछन् l

सही पोषण र बल पाउँदा
जब गर्भवती महिलाले केही पोषणयुक्त भोजन गर्छन् l तब शिशुले पनि सोहिले किसिमको सन्तुलित पोषणयुक्त भोजन प्राप्त गर्छन् l जसले गर्दा शिशुले तागत प्राप्त गर्छ र हलचल मच्चाउने गर्छ l

शिशु स्वस्थ रहँदा
यदि तपाइको शिशुले पेटमा हलचल मच्चाउने तथा पेटमा लातले हान्ने जस्ता प्रक्रिया गर्दछ भने यो बुझ्नुहोस् कि तपाइको शिशु विकुल्लै पनि स्वस्थ छ l

अक्सिजन प्राप्त हुँदा
जब शिशुले पेटमा लातले हान्छ थाहा पाउनुहोस् उसले सजिलैसँग अक्सिजन प्राप्त गरिरहेको छ l साथै अक्सिजन प्राप्त गर्नका लागि कुनै किसिमको रोकावट छैन l

प्रतिक्रिया दिनुहोस्