Logo

अचम्मको देश जहाँ भेला हुने गर्छन् ७० हजार सर्प !



Spread the love

प्राय जसो देशहरूमा घटेको घटनाबारे हामीले सुन्दै नै आइरहेका छौँ l जहाँ डर लाग्दा र आश्चर्य लाग्ने घटनाहरू समावेश हुने गर्छ l त्यस्तै एउटा आश्चर्य लाग्दो घटना हरेक वर्ष क्यानडाको म्यानिटोबामा घट्ने गर्दछ l जहाँ प्रत्येक वर्ष ७० हजार सर्पहरू भेला हुने गर्छन् l

उक्त स्थानमा प्रत्येक वर्ष ७० हजार सर्पहरू भेला हुने गरेकाले सोहिका स्थानीयहरूले त्यस दृश्यलाई सर्प मेला पनि भन्ने गर्दछन् l आखिर किन हुन्छन् त सो स्थानमा यतिका धरै सर्पको भेला? यो प्रश्न उठ्नु सामान्य नै हो । जसको पछाडि एक रोचक कारण छ l त्यो हो प्रजनन l

प्रत्येक वर्ष ७० हजार भाले र पोथी सर्पहरू फेब्रुअरी महिनामा प्रजननका लागि म्यानिटोबामा भेला हुने गर्छन् l यस्तै क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

७० हजार सर्पहरूको सो मेला हेर्नका लागि मानिसहरूको घुइँचो पनि उतिकै हुने गर्दछ l नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौँ सर्पका नयाँ बच्चाहरू बाहिर निस्किन्छन् । तर बर्सेनि प्रजनन प्रक्रियाका क्रममा केही हजार सर्पहरूको त मृत्यु समेत हुने गरेको छ l

प्रतिक्रिया दिनुहोस्