Logo

किन आउँछ शरीरमा मुसा? जान्नुहोस् कारण !



Spread the love

मानिसहरूको शरीरमा झट्ट हेर्दा नदेखेता पनि कतिपय व्यक्तिको शरीरमा मुसा आउने गर्छ l जसले गर्दा शरीरलाई कुरूप नै बनाउने गर्छ l यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

मुसा आउने कारण :
मानवीय शरीरमा मुसा आउनुको मुख्य कारण भनेकै ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दाना जस्ता मुसा शरीरमा उत्पादन गर्नका साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अङ्गुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सदैन् l

खतरा :
यदि शरीरको कुनै भागमा मुसा आएको छ र त्यसबाट रगत बग्न थाल्दछ भने त्यसलाई खतराको संकेतका रूपमा लिनका साथै मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा शरीरकोक्याल गर्नुपर्छ l

सल्लाह :
हामीलाई थाहा छ आफ्नो शरीर कुरूप होस् भनी कोही व्यक्ति पनि चाहदैनन l त्यसैले मुसा भएका व्यक्तिलेहरूले यसलाई हटाउन मुसालाई डाम्ने वा काट्ने गर्छन् तर यसो कहिल्यै पनि गर्नुहुँदैन । त्यस्तो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा बढ्छ जसले गर्दा शरीरका विभिन्न भागमा पनि मुसा पलाउने गर्छ l

उपचार :
कतिपय मानिसहरूको शरीरमा भएको मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर वर्ष दिन पुगिसक्दा पनि मुसा हराएन भने चाही अस्पताल जान्नुहोस् र चिकित्साको सल्लाह बमोजिम औषधिको प्रयोग गर्नुहोस् l

प्रतिक्रिया दिनुहोस्