Logo

आज मिति २०७६ साल भाद्र ११ गते बुधबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल भाद्र ११ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।

वृष राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ।

मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

कर्कट राशी – श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

सिंह राशी – कार्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।

मकर राशी – मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला।

कुम्भ राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ।

मीन राशी – अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएको छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्