के तपाईँ आफ्नो जीवन सफल बनाउन चाहनुहुन्छ? पक्कै पनि चाहनुहुन्छ होला ! यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय जसले गर्दा तपाइले आफ्नो जीवनमा सफलता प्राप्त गर्न सक्नु हुनेछ l
- कहिल्यै पनि कसैसँग आफ्नो तुलना नगर्नुहोस् साथै अन्य व्यक्तिहरूसँग आशाको अपेक्षा पनि नगरेकै उचित हुन्छ l
- त्यस्तो व्यक्तिहरूलाई आफ्नो मित्रतामा सामेल गर्नुहोस् l जसले हरपल तपाइको खुसी र सुख चाहन्छ l
- अन्य व्यक्तिहरूको कुरा सुनेता पनि हमेशा स्वयंको मर्जीमा निर्णय लिने बानी बसाल्नुहोस् l
- भगवानका सामु प्रार्थना गरेता पनि कहिल्यै पनि केही पाउने आशा भने नराख्नुहोस् l यदि भगवानलाई माग्नुनै छ भने माफी र हिम्मत माग्नुहोस् l
- विशेष गरी आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् l र सधैँ सन्तुलित भोजन खाने बानी बसाल्सधैँ खुसी रहने प्रयास गर्नुहोस् र अन्य मनिशारूलई पनि आफ्नो खुसी बाँड्नुहोस् l जसले गर्दा तपाइको खुसी दोब्बर हुनेछ l
- आफ्नो सन्तानलाई कहिल्यै पनि जेलमा थुनेको जस्तो महसुस नगराउनुहोस् l र हमेशा उनीहरूको स्वतन्त्रतामा बाच्न दिनुहोस् l
- आफ्नो सन्तानले सेवा गर्छ भने कहिल्यै पनि आस नराख्नुहोस् l किनकि समय बदल्ना साथ उनीहरूको प्राथमिकता पनि बदलिन्छ, र कहिलेकाहीँ त चाहेर पनि केही गर्न सकिरहेको हुँदैन ।
प्रतिक्रिया दिनुहोस्