Logo

रिहा भए रबि लामिछाने सहित ३ जना, जान्नुहोस् के गर्न पाउने ? के नपाउने ?



Spread the love

९ भाद्र, काठमाठाैँ – कार्यक्रम प्रस्तोता तथा पत्रकार रबी लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहन अभियोग खेपेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई रिहाइ गरेको हो ।

जिल्ला अदालत चितवनले लामिछानेसँग शर्त सहित ५ लाख धरौटी मागेको छ भने युवराज कँडेलसँग ३ लाख धरौटिको माग गरेको छ । त्यसै गरी सोही आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता कार्की भने सामान्य तारेखमा रिहा भएकी छिन् ।

रिहा भएका ३ जनाले अब उपचारका लागि विदेश जानुपर्ने भएमा अदालतको आदेश लिनुपर्नेछ । त्यसै गरी अदालतले पुडासैनी आत्महत्या प्रकरणका बारेमा कुनै कार्यक्रम लाइभ गर्न नपाउने तथा फेसबुकमा स्टाटस समेत लेख्न नपाउने आदेश दिएको छ ।

मुद्दाको अनुसन्धानमा सहभागी कसैको बारेमा पनि टिभी तथा फेसबुकमा कार्यक्रम प्रस्तुत नगर्न समेत अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्