Logo

कसरी बनाउने यल्लो लाफिंग? अपनाउनुहोस् यी विधि



Spread the love

अहिले सबै जसो मानिसहरूको लोक प्रिय चिज बन्न सफल भएको छ यल्लो लाफिंग l जुन साना स्टल देखि रेष्टुरेन्ट सम्मको मेनुमा पाइने गर्छ l लाफिंगको स्वाद स्वादिष्ट हुनका साथै स्वस्थकर पनि हुन्छ । यो स्वस्थकर लाफिंगलाई घरमै पनि बनाउन सकिन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ लाफिंग बनाउने विधिबारे l

यसरी बनाउनुहोस् यल्लो लाफिंग :

  • एउटा भाँडोमा मैदाको पीठोलाई मुछेर राख्नुहोस् l
  • मैदा मुछेर राखेको त्यस भाँडोमा पानी पनि राख्नुहोस् l
  • त्यसपछि मिठो र पानीलाई त्यही मिचेर राख्नुहोस् l
  • मिठो र पानी मुछेको त्यस भाँडोलाई नहल्लाई कम्तीमा पनि चार घण्टा राख्नुहोस् l
  • अघि मिचेको पीठोलाई राम्रो सँग पखाल्ने , निचोर्ने गरेर एउटा भाँडोमा आधा घण्टा छोपेर राख्नुहोस् l
  • आधा घण्टा पछि त्यो भाँडोलाई म:म को भाँडोमा बफ्याउनुहोस् ।
  • त्यसपछि त्यसलाई काट्नुहोस् ।
  • अब एउटा भाँडोमा तेल तताउने र त्यसमा अदुवा, मरिच, तेज्पत्ता फुराउने र खुर्सानीको धुलोमा छानेर राख्नका साथै नुन मिसाई दिनुहोस् जसले गर्दा चिल्ली सर्स तयार हुन्छ l
  • त्यसपछि लाफिंग सर्स तयार गर्नुहोस् । जसका लागि लसुन अदुवालाई थिचेर केही बेर पानीमा भिजाउनुहोस् ।
  • अब एउटा कचौरामा हरियो प्याज, भिजाएको लसुन अदुवा, सोया सस, तिलको तेल, भेनेगर, चिल्ली सस नुन, भुटेको तिल राखेर राम्रो सँग चलाउनुहोस् ।
  • अघि पीठो मिचेर निकालेको पानीलाई नहल्लाई एउटा भाँडोमा राख्नका साथै त्यसमा यल्लो फुड कलर राखेर मिक्स गर्नुहोस् ।
  • एउटा प्लेटमा तेल लगाउनुहोस् र फुड कलर मिक्स गरेको पानीलाई ममको भाँडोमा राखेर बफ्याउनुहोस् ।
  • जसलाई बफ्याउदा यल्लो लाफिंग तयार हुन्छ र खाने योग्य बन्छ l

प्रतिक्रिया दिनुहोस्